देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
मुख्य समाचारहरु
छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ।छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो।
प्रधानमन्त्रीको डिस्चार्ज आज साँझ वा भोलि बिहान
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक योजना मन्त्री केशव स्थापितलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुलाई ज्यान मार्ने धम्की आएको छ । कात्र्तिक १४ गते राति महेन्द्रनगर सदरमुकामबाट घर फर्किने क्रममा अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । प्रदेश ७ का मुख्यमन्त्रीलाई छोरीको हत्यारालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएर घर फर्किने क्रममा निर्मलाका बाबु यज्ञराज पन्तसहित ६ जना महेन्द्रनगरमा जारी रामलिला हेर्न गएका थिए । राति ११ बजेतिर रामलिला हेरेर घर फर्किने क्रममा यज्ञराजमाथि अपरिचति व्यक्तिले हातपात गरेका हुन् ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज १०० दिन पुगेको छ । गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
नेपाल र थाईल्याण्डबीच ऐतिहासिक हवाई सम्झौता पुनरावलोकन भएको छ । सन १९७१ मा भएको हवाई सम्झौतामा महत्वपूर्ण बुँदाहरु समावेश गर्दै पुनरावलोकन भएको हो । थार्इल्यान्डको बैंककमा भएको सम्झौतापछि थार्इल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान पाउने भएका छन् ।
हवाई सम्झौता पुनरावलोकन, अब नेपालका जुनसुकै विमान थाइल्याण्ड जान सक्ने
यातायात व्यावस्था विभागले समयमा स्मार्ट लाइसेन्स बनाई दिन नसक्दा अहिले साढे ५ लाख सवारी चालकले चिटका भरमा सवारी चलाईरहेका छन् । सरकारले २०७३ मंसिर २० गतेदेखि स्मार्ट लाइसेन्सको दरखास्त लिई पुस ३ गतेदेखि वितरण थालेको थियो ।
पोखरा पल्टनलाई पराजित गर्दै धनगढी एक्सपर्टस पोखरा प्रिमियर लिग (पीपीएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा धनगढीले उत्कृष्ठ व्याटिङ गरेको हो ।
पीपीएलः धनगढीको सनसनीपूर्ण जितसँगै शीर्ष स्थानमा उक्लियो
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया