भारत र पाकिस्तानबीचको लडाईंमा नेपाली गोर्खा सैनिकलाई प्रयोग नगर्न आग्रह

भारत र पाकिस्तानबीचको लडाईंमा नेपाली गोर्खा सैनिकलाई प्रयोग नगर्न आग्रह

केन्द्रबिन्दु
291
Shares

काठमाडौं । सांसद मिना तामाङले भारत र पाकिस्तानबीचको लडाईंमा नेपाली गोर्खा सैनिकलाई प्रयोग नगर्न आग्रह गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले दुई देशबीचको युद्धमा गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘दुई देशबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारबारे गम्भीर निकास र छलफलबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहान्छु।’ उनले भनिन्, ‘पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपाली उक्त घटनामा पर्ने भएकाले उनीहरुको संरक्षण एवं उद्धारबारे छलफल होस्।’

Logo