काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को ललितपुर शाखा र दामी मिडिया लिमिटेडको रियालिटी शो ‘द स्पीकिङ टाइटन’बीच सहकार्य भएकाे छ ।
इक्यानको ललितपुर शाखा कार्यलयमा बिहीबार आयाेजित एक कार्यक्रममा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे । इक्यान ललितपुर शाखाका अध्यक्ष अरविन्द कुमार सिंह र दामी मिडिया प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सुदिप पोखरेलले हस्ताक्षर गरेका थिए ।
जेठ १९ गते इक्यानको ललितपुर शाखाले आयोजना गर्न लागेको एजुकेशन युथ समिटका लागि सहकार्य गरिएको हो ।
युवाहरुसँग अझ नजिकबाट अन्तर्क्रिया गर्न इक्यान एजुकेशन युथ समिटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए । त्यस्तै, ‘रियालिटी शाे द स्पीकिङ टाइटन’ सँग इक्यान एजुकेशन युथ समिटको उदेश्य मिल्दो जुल्दो भएकाले सहकार्य गरिएको र यस सहकार्यले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।
युथ समिटमा नेपाल वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई एउटै छातामुनी गुणस्तरीय शिक्षा कहाँ पाइन्छ, विद्यार्थीहरु सिपमूलक कसरी बन्ने भन्ने विषयमा सुझाव दिइनेछ र द स्पीकिङ टाइटन पनि युवाहरुको लागि प्लेटफर्म निर्माण गर्ने भएकाले सहकार्य गरिएको इक्यान ललितपुर जिल्ला शाखाका अध्यक्ष सिंहले बताए ।
इक्यानको ललितपुर शाखाले आयोजना गर्न लागेको कार्यक्रममा नेपाल अथवा विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श, जानकारी दिइनेछ र द स्पीकिङ टाइटन पनि देशैभर रहेका युवाहरुको आवाजहरुलाई सबै दर्शकमाझ पुर्याउने कार्यक्रम रहेकाले यस सहकार्य गरिएको दामी मिडिया प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सुदिप पोखरेलले जानकारी दिए ।
इक्यान ललितपुर शाखाले आयोजना गर्न लागेको ‘एजुकेशन युथ समिट’ जेठ १९ गते हिमालय होटलमा हुने भएको छ । उक्त एकदिने कार्यक्रममा विदेश होस् वा देशमै उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई सही र भरपर्दाे परामर्श दिइनेछ ।
यस कार्यक्रममा प्लस टुको अध्ययन सकाएर उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको सहभागिता रहनेछ ।
त्यस्तै, एपीवान टेलिभिजनबाट प्रसारण हुने दामी मिडिया प्रा.ली. को ‘द स्पीकिङ टाइटन’ मा देशभरका युवाहरुले आफ्नो विचार प्रस्तुत गर्नेछन् । ‘द स्पीकिङ टाइटन’ वक्तृत्वकला प्रतियोगिता टेलिभिजनबाट प्रसारण हुने पहिलो रियालिटी शो हो ।
यस शोको लागि डिजिटल अडिसन समाप्त भैसकेको छ । इक्यान ललितपुर शाखाले आयोजना गर्न लागेको ‘एजुकेशन युथ समिट’ मा यस शोको पनि एउटा स्टल रहनेछ । उक्त स्टलमा आएर युवाहरुले कुनै पनि विषयमा एक मिनेटको अडिसन दिन सक्नेछन् । अडिसन दिएका मध्ये उत्कृष्टलाई अगाडिको राउन्डमा लगिनेछ ।





























प्रतिक्रिया