गृहमन्त्री लेखकले भाजपा नेतालाई भने- यो युद्धमा नेपाल स्पष्ट छ

गृहमन्त्री लेखकले भाजपा नेतालाई भने- यो युद्धमा नेपाल स्पष्ट छ

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गरेका छन् ।

भैँसीपाटीस्थित मन्त्री निवास पुगेर बिहीबार नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन‍् । सो अवसरमा भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरूद्ध रहेको स्पष्ट पारे ।

मन्त्री लेखकले छिमेकी देशहरूविरूद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । नेपाल–भारतबीच रहिआएको सदियौँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित छलफल भएको उहाँले जानकारी दिए ।

सो अवसरमा भारतीय नेता कोश्यारीले नेपाल र भारतबीच सदियौँदेखि रहिआएको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

Logo