रियल बेटिस युरोपा कन्फरेन्स लिगको फाइनलमा, उपाधिका लागि चेल्सीसँग भिड्ने

रियल बेटिस युरोपा कन्फरेन्स लिगको फाइनलमा, उपाधिका लागि चेल्सीसँग भिड्ने

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । स्पेनिस क्लब रियल बेटिस युरोपा कन्फरेन्स लिगको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ गोल अन्तरले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

फियोरेन्टिनाका लागि रोबिन गोसेन्सले घरेलु टोलीका लागि दुई गोल गरे पनि त्यो स्पेनिश क्लबलाई रोक्न पर्याप्त भएन। उनले ३४औं र ४२औं मिनेटमा गोल गर्दै इटालियन टोलीलाई दुई पटक अग्रता दिलाए।

तर, रियल बेटिसले उत्कृष्ट पुनरागमन गर्यो । एन्टोनीले ३०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने अब्दे एज्जाल्जोउलीले इन्जुरी समयको ९७औं मिनेटमा निर्णायक बराबरी गोल गरेका थिए ।

अब रियल बेटिसले फाइनलमा उपाधिका लागि इंग्लिस क्लब चेल्सीको सामना गर्नुपर्ने छ । चेल्सीले आज स्ट्यामफोर्ड ब्रिजमा भएको सेमिफाइनलको दोस्रो लेगमा डिर्गार्डनलाई १-० ले पराजित गर्दै सहज रूपमा फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । चेल्सीले समग्रमा ५-१ को फराकिलो अन्तरले स्वीडिश क्लबलाई पराजित हाे ।

Skip This
Skip This
Logo