अब भारतमा महँगा विलासी कारहरूको मूल्यमा भारी गिरावट आउने

अब भारतमा महँगा विलासी कारहरूको मूल्यमा भारी गिरावट आउने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अब भारतमा बेलायतबाट आयात हुने महँगा विलासी कारहरूको मूल्यमा भारी गिरावट आउने भएको छ ।

भारत र बेलायतबीच भएको ऐतिहासिक व्यापार सम्झौता बमोजिम १०० प्रतिशतसम्म रहेको आयात कर अब मात्र १० प्रतिशत कायम हुने भएको हो ।

यस निर्णयसँगै ज्यागुअर ल्यान्ड रोभर, एस्टन मार्टिन, बेन्टले र रोल्स रोयस जस्ता विश्वप्रसिद्ध बेलायती कार कम्पनीका गाडीहरू भारतीय बजारमा धेरै सुलभ हुने भएका छन्। मध्यम र उच्च वर्गका भारतीयहरूले अब यी प्रतिष्ठित सवारी साधनहरू आफ्नो ग्यारेजमा पार्ने सपना साकार पार्न सक्नेछन्।

यसैबीच, यो सम्झौता भारतीय अटोमोबाइल उद्योगका लागि पनि उत्साहजनक रहेको छ । भारतमा उत्पादित कार र मोटरसाइकलहरूले बेलायतमा निर्यात गर्दा लगभग ९९ प्रतिशत कर छुट पाउने भएका छन्। महिन्द्रा, रोयल इनफिल्ड, टिभीएस र बजाज जस्ता भारतीय कम्पनीहरूले अब बेलायतको बजारमा आफ्ना उत्पादनहरूलाई सहज रूपमा प्रतिस्पर्धा गराउन सक्नेछन्।

सन् २०२४ को तथ्याङ्क अनुसार, भारतले बेलायतबाट ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कार, ३० करोड रुपैयाँ बराबरको मोटरसाइकल र १ हजार १५० करोड रुपैयाँ बराबरको स्पेयर पार्ट्स आयात गरेको थियो। नयाँ कर नीतिले यो आयातलाई अझ बढावा दिने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo