यामाहा एरोक्स १५५ को २०२५ संस्करण सार्वजनिक, के-के भयाे अपडेट ?

यामाहा एरोक्स १५५ को २०२५ संस्करण सार्वजनिक, के-के भयाे अपडेट ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । यामाहाले आफ्नो लोकप्रिय म्याक्सी-स्कुटर एरोक्स १५५ को नयाँ २०२५ संस्करण सार्वजनिक गरेको छ।

नयाँ संस्करणको मुख्य आकर्षण भनेको यसमा थपिएको नयाँ आइस फ्लुओ भर्मिलियन रंग हो। यो आकर्षक रंगले यसअघिको ग्रे भर्मिलियन रंगलाई प्रतिस्थापन गरेको छ। साथै, स्कुटरको लुक्सलाई अझ स्पोर्टी र आकर्षक बनाइएको छ।

इन्जिनको कुरा गर्दा, इन्जिनको कुरा गर्दा, २०२५ एरोक्स १५५ मा पुरानै १५५ सीसी क्षमताको लिक्विड-कूल्ड, सिंगल-सिलिन्डर इन्जिन नै प्रयोग गरिएको छ। तर, यसलाई हालको प्रदूषण मापदण्ड अर्थात् ओबिडी-टुबी इमिसन स्ट्यान्डर्ड अनुरूप अपग्रेड गरिएको छ। यो इन्जिनले १४.५ बीएचपी पावर र १३.९ एनएम टर्क उत्पन्न गर्छ, जसले स्कुटरलाई उत्कृष्ट पर्फर्मेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस स्कुटरमा आधुनिक फिचरहरू पनि उपलब्ध छन्। डुअल एलईडी हेडल्याम्पले रातिको यात्रालाई सुरक्षित बनाउँछ भने ब्लुटुथ कनेक्टिभिटी भएको इन्स्ट्रुमेन्ट क्लस्टरले मोबाइल फोनलाई सहजै कनेक्ट गर्न मद्दत गर्छ। सुरक्षाको लागि यसमा सिंगल-च्यानल एबिएस (एन्टी-लक ब्रेकिङ सिस्टम) दिइएको छ।

यो स्कुटरको मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ तोकिएको छ।

नेपाली बजारमा पनि यामाहा एरोक्स १५५ एक लोकप्रिय प्रिमियम स्कुटर हो। यहाँ यसको मूल्य ५ लाख रुपैयाँ निर्धारण गरिएको छ। भारतीय बजारमा नयाँ अपडेट र रंगसहित आएको यो स्कुटर नेपाली बजारमा पनि छिट्टै भित्रिने अपेक्षा गरिएको छ।

Logo