चालकविहीन ट्रकले १९३० किलोमिटरको दूरी तय गरेपछि…

चालकविहीन ट्रकले १९३० किलोमिटरको दूरी तय गरेपछि…

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । अब चालक नभएका ट्रकहरूले अमेरिकामा आधिकारिक रूपमा नियमित लामो दूरीको यात्रा सुरु गरेका छन् । चालकविहीन ट्रकले १९३० किलोमिटरको दूरी तय गर्दै डलास र ह्युस्टनबीचको रुटमा सामान ओसारपसार गरेर नयाँ इतिहास रचेको हाे ।

ट्रक कम्पनी अरोराले टेक्सासमा आफ्नो पहिलो व्यावसायिक सेवा सुरु गरेको घोषणा गरेको छ । उबर फ्रेट र हिर्सबाख मोटर लाइन्स यसका पहिलो ग्राहक हुन्, जसले समय र तापक्रम संवेदनशील सामानहरू ढुवानी गर्छन्। यी दुवै कम्पनीले यसअघि अरोराको “अरोरा ड्राइभर” नामक सेल्फ-ड्राइभिङ प्रविधि निगरानी गर्न सुरक्षा चालकसहित परीक्षण दौडहरू सञ्चालन गरेका थिए । तर अरोराको नयाँ व्यावसायिक सेवामा अब सुरक्षा चालक हुने छैनन्।

अरोराका सीईओ र सह-संस्थापक क्रिस उर्मसनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, “हामीले सेल्फ-ड्राइभिङ प्रविधिको फाइदा सुरक्षित, छिटो र व्यापक रूपमा पुर्‍याउन अरोराको स्थापना गरेका हौं। आज, हामी सार्वजनिक सडकमा व्यावसायिक चालकविहीन ट्रक सेवा सफलतापूर्वक र सुरक्षित रूपमा सञ्चालन गर्ने पहिलो कम्पनी बनेका छौं।”

यी ट्रकहरू कम्प्युटर र सेन्सरहरूले सुसज्जित छन्, जसले चारवटा फुटबल मैदानको लम्बाइभन्दा बढी दूरीसम्म देख्न सक्छन्। चार वर्षको अभ्यास ढुवानीमा यी ट्रकहरूको प्रविधिले मानव पर्यवेक्षणमा ३० लाख माइलभन्दा बढी दूरीमा १० हजारभन्दा बढी ग्राहकको सामान पुर्‍याएका छन् ।

अरोराले हाल एउटा मात्र सेल्फ-ड्राइभिङ ट्रकबाट यो सेवा सुरु गरेको छ र सन् २०२५ को अन्त्यसम्म थप ट्रकहरू थप्ने योजना बनाएको छ।

Logo