काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले भारत र पाकिस्तानको युद्धको चपेटामा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शिशिर खनालले कश्मीरमा भएको आतंकवादी हमलाप्रति पार्टीका तर्फबाट कडा निन्दा गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको उद्धारका लागि पहल गर्न माग गरेका हुन् । पाकिस्तानमा अध्यनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेको उनको भनाई छ ।
उनले भने, ‘भारत पाकिस्तानबिच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्नसक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्नसक्ने प्रभावको आंकलन गरी योजना निर्माणको माग गर्दछु ।’





























प्रतिक्रिया