काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले गभर्नर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गभर्नर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरी गर्न नहुने बताएका हुन् ।उनले भने, ‘किन अहिलेसम्म दुई महिना अगाडि गभर्नर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । पार्टीको आन्तिरक द्वन्द्वका कारण गभर्नर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेको छ । यस्तो मनपरीले देश अर्थतन्त्रलाई ठूलो असर पारिरहेको कुरा म ध्यानाकर्षण गर्न चाहन्छु ।’
साथै, उनले जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो भन्दा बिडम्बना के हुन्छ भन्दै प्रश्न गरे । उनले तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थितिरहेको बताए ।
उनले भने, ‘बैंकरहरुको मनमानीले लुटले आज बैंकहरु अस्तव्यस्त भएका छन् । एकातिर आम जनताले कर्जा पाइराखेको छैन भने अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो भन्दा बिडम्बना के हुन्छ ?’





























प्रतिक्रिया