देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
स्वास्थ्य उपचारका लागि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबारसम्ममा डिस्चार्ज हुने भएको छ।
१५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको छ । सेमिफाइनलमा पाकिस्तानसँग ४-० गोल अन्तरले पराजित हुँदै नेपाल बाहिरिएको हो ।
नेपालको पुंजीबजारमा सबैभन्दा ठूलो आईपिओ मानिएको बहुप्रतिक्षित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारण शेयर निष्काशन भएको । कम्पनीले आज कार्तिक १५ गतेदेखि शेयर बिक्रि खुला गरेको हो । कम्पनीले यस अघि स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेकोमा आजबाट सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन बिक्रि खुला गरेको हो ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व परिवर्तन गर्ने कसरत थालेको खबर पनि आज केन्द्रबिन्दुमा प्रकाशन भयो । कर्मचारी नियुक्तिलगायतमा राखेप सदस्य सचिव केशव विष्टले अडान लिएपछि नेतृत्व नै परिवर्तन गर्ने तयारी भएको स्रोतको दाबी छ । त्यसका लागि केहीलाई बोर्ड सदस्य बनाउने प्रस्ताव मन्त्रालयले तयार गरेको छ । मन्त्री विश्वकर्माको निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले केही व्यक्तिको नाम राखेपको बोर्ड सदस्यमा प्रस्ताव गर्दै मन्त्रिपरिषद्को बैठकमा पठाएको छ ।
ललितपुरको जावलाखेलमा आजदेखि १२ औं गोदावरी पुष्प मेला सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाआैँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा ४८ वटा स्टल रहने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । ललितपुरको जाउलाखेल फुटबल मैदानमा ४ दिनसम्म चल्ने पुष्प प्रदर्शनीमा ६० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
बार्षिक पौने २ अर्बको पुष्प कारोवार, ११ करोडको आयात हुँदा २ करोडको निर्यात
१० फोटोमा हेर्नुहोस् मनै लोभ्याउने फूलैफूलको संसार
स्याङ्जामा ‘फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ प्रतियोगिता शुरु भएको छ। भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले उद्घाटन गरेका हुन्। प्रतियोगिताका लागि बेलायत, फ्रान्स, इन्डोनेसिया, भारत, अमेरिका, अस्ट्रिया स्पेन, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, कोरिया, क्यानडा, जापान लगायत २१ देशका ९८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन ।
स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ, २१ देशका ९८ खेलाडी (हेर्नुहोस् फोटोफिचर)
सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको छ। सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेटमा घोषणा भए अनुसार पर्यटकीय गन्तव्यहरु छनौट गरिएको हो । सरकारले आर्थिक बर्ष २०७५/७६ को बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको तथा आवेदन परेको गन्तव्यको आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तब्यहरु घोषणा गरेको हो ।
सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छापेका छन् । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ शुरुआत गरेको हो । सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए ।
अब नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र, छपाइ शुरु
सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितमाथि अर्को आरोप लागेको छ । काठमाडौं महानगरका पूर्व मेयर समेत रहेका मन्त्री स्थापितमाथि मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज गरेको आरोप लागेको हो ।
भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई आजीवन जेल सजायको फैसला सुनाएको छ । दशकौँअघि उत्तर प्रदेशमा भएको धार्मिक दंगाका लागि उनीहरुलाई जिम्मेवार ठहर्याएको छ ।
भारतमा १६ प्रहरीलाई आजीवन जेल, आत्मसमर्पण गर्न आदेश
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया