स्याङ्जामा ‘फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ प्रतियोगिता शुरु भएको छ। भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले उद्घाटन गरेका हुन्। "/>

स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ, २१ देशका ९८ खेलाडी (हेर्नुहोस् फोटोफिचर)

स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ, २१ देशका ९८ खेलाडी (हेर्नुहोस् फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

स्याङ्जामा ‘फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ प्रतियोगिता शुरु भएको छ। भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले उद्घाटन गरेका हुन्। 

प्रतियोगिताका लागि बेलायत, फ्रान्स, इन्डोनेसिया, भारत, अमेरिका, अस्ट्रिया स्पेन, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, कोरिया, क्यानडा, जापान लगायत २१ देशका ९८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन । महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा सम्पन्न हुनेछ । यो प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो ।

Logo