२०८२ वैशाख २८ देखि जेठ ३ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।
तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –
मेष राशि
मेष राशिका व्यक्तिहरुका याे साता शुभफलले भरिपूर्ण हुनेछ । भाग्यले तपाईंलाई साथ दिनेछ। तपाईंको काम चाँडै सम्पन्न भएको देखिनेछ। साताको पहिलो भाग निकै शुभ रहन सक्छ। आध्यात्मिक र दार्शनिक विचारहरूको प्रभावमा पर्नुहुनेछ। यो साता नयाँ सुरुवातको लागि धेरै शुभ छ।
यो तपाईंको व्यावसायिक सीप विकास र अभिवृद्धि गर्ने उत्तम समय हो। मानिसहरूले तपाईंको उच्च नैतिक मूल्यमान्यताको धेरै सम्मान गर्नेछन्। साताको अधिकांश समय तपाईंको लागि अनुकूल रहनेछ। कार्यालयका मानिसहरू तपाईंसँग धेरै प्रभावित हुनेछन्। पुराना रोकिएका कामहरू छिटो सम्पन्न गर्नु फाइदाजनक हुनेछ।
धन सम्बन्धी समस्याहरू समाधान हुनेछन्। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन् र संचित सम्पत्तिमा वृद्धि हुनेछ। ऋण चुक्ता गर्न सम्भव हुनेछ। साताको मध्यतिर, व्यवसायमा संलग्न व्यक्तिहरूले जग्गा, भवन वा व्यवसाय आदिमा ठूलो रकम लगानी गर्न सक्छन् र त्यसमा पनि नाफा कमाउन सक्छन्।
पदोन्नति, तलब वृद्धि आदिको अवस्था पनि आउन सक्छ।आफ्नो गोप्य कुरा कसैलाई नबताउनुस । अरुको कुरामा या कसैको बारेमा आफ्नो राय नदिनुहोस्। मानिसहरूले तपाईंलाई गलत बुझ्न सक्छन । तपाईंको बुबा र तपाईंको जीवनसाथीको स्वास्थ्य ठीक रहनेछ। यद्यपि, तपाईं र तपाईंको आमाको स्वास्थ्यमा केही समस्या हुन सक्छ। तपाईंलाई मानसिक समस्या हुन सक्ने सम्भावना छ।
उपाय- नारायण कवच नियमीत पाठ गर्नुहाेस् ।
वृष राशि
यो साता राम्रो रहनेछ । योजनाबद्ध काम छिटो सम्पन्न हुने देखिन्छ। यो साता तपाईंले आफ्नो काम फरक ऊर्जा र उत्साहका साथ गर्नुहुनेछ। साताको सुरुवातमा छोटो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ। साझेदारीमा व्यवसाय सुरु गर्ने सम्भावना छ।
मानिसहरूले महत्त्वपूर्ण मुद्दाहरूमा तपाईंबाट सल्लाह लिन चाहन्छन्। वैवाहिक सम्बन्धमा धेरै राम्रो आपसी सद्भाव रहनेछ। कुनै पनि इच्छा पूरा हुन सक्छ। तपाईंले आफ्नो नराम्रो बानी सुधार्ने प्रयास गर्नुहुनेछ। तपाईंले आफ्नो योजनाहरू पूरा गर्न कडा परिश्रम गर्नुहुनेछ। तपाईं परिवारका सदस्यहरूको विश्वास जित्न सफल हुनुहुनेछ। तपाईंले लुगा र गरगहनामा पैसा खर्च गर्नुहुनेछ। यो साता, तपाईं अगाडि बढ्ने प्रवृत्ति जागृत हुनेछ।
राजनीतिसँग सम्बन्धित व्यक्तिहरूले साताको उत्तरार्धमा कुनै ठूलो पद वा जिम्मेवारी पाउन सक्छन्। आर्थिक दृष्टिकोणबाट यो साता पहिलेभन्दा राम्रो हुनेछ। व्यवसायमा पैसाको निरन्तर आगमन हुनेछ, जसले तपाईंको आर्थिक स्थितिलाई बलियो बनाउनेछ।साताको मध्यतिर जग्गा तथा भवन सम्बन्धी विवाद समाधान हुन सक्छ। यस समयमा, अदालतसँग सम्बन्धित मुद्दाहरूमा निर्णय तपाईंको पक्षमा हुन सक्छ।
साताभरि काममा प्रगति भएकोले तपाईंको मन प्रसन्न रहनेछ। आफ्नो नराम्रो बानी नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। विवाहबाह्य सम्बन्धबाट टाढा रहनुहोस्। खुट्टा र घुँडामा दुखाइ हुने सम्भावना हुन्छ।
उपाय- शिव चालिसा नियमित पाठ गर्नुहाेस् ।
मिथुन राशि
यो साता विशेषगरी अनुकूल रहनेछ। यदि तपाईं आफ्नो जागिर परिवर्तन गर्न चाहनुहुन्छ भने यो साता धेरै अनुकूल छ । आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई आर्थिक रूपमा सहयोग गर्नाले तपाईंलाई मानसिक सन्तुष्टि मिल्नेछ ।
सहकर्मीहरू तपाईंप्रति विश्वासयोग्य रहनेछन्। कृषि कार्यमा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न सक्छ। धार्मिक गतिविधिहरूमा विशेष रुचि राख्नुहुनेछ। प्रतिस्पर्धात्मक परीक्षाहरूमा तपाईंको प्रदर्शन उत्कृष्ट हुन सक्छ। साताको सुरुमा, तपाईंले करियर र व्यवसायको सम्बन्धमा लामो यात्रा गर्नुपर्ने हुनसक्छ ।
यो हप्ता आर्थिक दृष्टिकोणबाट तपाईंको लागि शुभ परिणाम ल्याउनेछ। यदि तपाईंको पैसा कुनै योजना वा अन्य कुनै ठाउँमा अड्किएको छ भने कुनै प्रभावशाली व्यक्तिको सहयोगमा सजिलै छुट्नेछ। त्यसैगरी, यदि तपाईंले साताको सुरुवातबाटै आफ्नो पैसा व्यवस्थापन गर्नुभयो भने, तपाईंको बचत बढ्नेछ।
तपाईंले आफ्नो आर्थिक अवस्थामा उल्लेखनीय सुधार देख्नुहुनेछ। यस समयमा, तपाईंले पहिले गरेको पैसा लगानीबाट नाफा कमाउन सक्नुहुनेछ। नयाँ योजनाहरूमा सामेल भएर काम गर्ने अवसर पाउनुहुनेछ ।
मिथुन राशिका व्यक्तिहरूलाई यो साता पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना छ। रोजगारीमा रहेकाहरूका लागि आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्।तपाईं नयाँ सम्पत्ति किन्ने बारेमा सोच्न सक्नुहुन्छ। आफ्नो रिसलाई नियन्त्रण गर्नुहोस्। कहिल्यै पनि अपमानजनक वा अश्लील भाषा प्रयोग नगर्नुहोस्। अनलाइन सपिङ गर्दा सावधानी अपनाउनु होला फ्रड हुने सम्भावना छ ।
उपाय- दैनिक गणपति अथर्वशीर्षको पाठ गर्नुहोस्।
कर्कट राशि
यो साता धेरै शुभ रहनेछ । तपाईं धेरै व्यस्त पनि हुनुहुनेछ । छोटो दूरीको यात्रा सम्भव हुनसक्छ । परिवारमा खुशी र उत्सवको वातावरण हुनेछ। तपाईं आफ्ना भाइबहिनीहरूको सफलताबाट खुसी हुनुहुनेछ।। यदि तपाईं लामो समयदेखि जग्गा वा भवन किन्न वा बेच्ने योजनामा हुनुहुन्छ भने, यो साता तपाईंको इच्छा पूरा हुन सक्छ।
घरजग्गा सम्बन्धी विवादहरू सम्झौताद्वारा समाधान गर्न सकिन्छ। नोकरी गर्ने व्यक्तिहरूले आफ्नो करियर र व्यवसायमा विशेष उपलब्धि हासिल गर्ने अवसर पाउनेछन्। यदि तपाईं लामो समयदेखि कुनै पद वा स्थानान्तरणको प्रतीक्षामा हुनुहुन्थ्यो भने, तपाईंको यो इच्छा पनि यस साता पूरा हुन सक्छ।
व्यापारिक दृष्टिकोणबाट तपाईंको लागि समय पूर्ण रूपमा अनुकूल छ। साताको मध्यतिर व्यावसायिक उद्देश्यले गरिएको यात्राले ठूलो लाभ र व्यापारमा वृद्धि हुनेछ। उत्तरार्धमा, तपाईं आफ्नो व्यवसायमा वृद्धि र नाफाबाट सन्तुष्ट महसुस गर्नुहुनेछ।
दाम्पत्य जीवनमा खुशी रहनेछ। शिक्षा क्षेत्रमा ठूलो सफलता मिल्ने सम्भावना छ। विद्यार्थीहरूले आफ्नो पढाइमा विशेष ध्यान दिनेछन्। भाग्यमा भन्दा आफ्नो कडा परिश्रममा विश्वास गर्नुहोस्। तपाईंले प्रेम सम्बन्धको पूर्ण आनन्द लिनुहुनेछ। तपाईं आफ्नो परिवारसँग कुनै पनि पर्यटकीय स्थलको भ्रमण गर्न सक्नुहुन्छ।
उपाय- हनुमान चालिसा नियमित बिहान बेलुका पाठ गर्नुहोस्।
सिंह राशि
साताको सुरुवात तपाईंको लागि धेरै राम्रो रहनेछ । केही जटिल काम समाधान हुन सक्छन्। तपाईंले आफ्ना साथीहरूलाई धेरै मद्दत गर्नुहुनेछ। तपाईंले आफ्ना प्रियजनहरूसँग समय बिताएर अपार आध्यात्मिक सन्तुष्टि अनुभव गर्नुहुनेछ।
विवादहरू सजिलै समाधान हुनेछन्। सरकारी काम धेरै खुशीका साथ सम्पन्न हुनेछ। आफ्नो क्षमतामा विश्वास राख्नुहोस्। तपाईंका सहकर्मीहरू तपाईंबाट धेरै प्रभावित हुनेछन्। मानिसहरूलाई तपाईंको समर्पण र अनुशासन धेरै मन पर्नेछ। आर्थिक अवस्थामा सुधार आउनेछ। नयाँ कामको लागि पनि राम्रो रहने छ, यसले नयाँ अवसरहरूको ढोका खोल्नेछ।
यो साता तपाईंले पाउनु पर्ने सबै कुरा सजिलै पाउनुहुनेछ।यस साता, तपाईंले आम्दानीका नयाँ स्रोतहरू मात्र सिर्जना गर्नुहुनेछैन, तर पैसा बचत गरेर तपाईंको आर्थिक स्थिति पनि बलियो हुनेछ।व्यापारमा इच्छित धनको आगमन हुनेछ। यद्यपि, हप्ताको मध्यमा, तपाईंले आफ्नो आराम र विलासितासँग सम्बन्धित चीजहरूमा ठूलो रकम खर्च गर्न सक्नुहुन्छ।
यस अवधिमा, व्यवसायीहरूले पैसा लगानीको बारेमा सावधान रहनु आवश्यक छ। जोखिमपूर्ण कुराहरूमा गल्तीले पनि लगानी नगर्नुहोस्।यो साता, परिवारका सदस्यहरूसँग कुनै विषयमा मतभेद हुन सक्छ; यसलाई समाधान गर्न, तपाईंले संवादको मद्दत लिनु उपयुक्त हुनेछ। प्रेम सम्बन्धमा सावधानीपूर्वक अगाडि बढ्नुहोस् र आफ्नो पार्टनरको भावनालाई चोट नपुर्याउनुहोस्, अन्यथा तपाईंको सम्बन्ध तनावपूर्ण हुन सक्छ।अनावश्यक खर्च नियन्त्रण गर्ने प्रयास गर्नुहोस्।
उपाय- ॐ नम शिवाय र गायत्री मन्त्र दैनिक जप गर्नुहाेस् ।
कन्या राशि
कन्या राशिका व्यक्तिहरूलाई पूरा साताआनन्द र उत्साहमा बित्नेछ। तपाईंलाई कुनै राम्रो समाचार मिल्न सक्छ । आम्दानीका नयाँ बाटो खुल्न सक्छन्।
यो साता कुनै पनि काम गर्दा धेरै सावधानी अपनाउनु आवश्यक छ।व्यवसायमा अपेक्षित नाफा नहुँदा केही निराशा हुन सक्छ। विभिन्न प्रकारका खर्चहरूमा वृद्धिका कारण नाफा प्रभावित हुन सक्छ। व्यवसायमा संलग्न व्यक्तिहरूले सबै प्रकारका समस्याहरूबाट बच्नको लागि आफ्नो कागजी कार्य समयमै पूरा गर्नुपर्नेछ।
यो साता तपाईंले थोरै प्रयासले आफ्ना शत्रुहरूलाई नष्ट गर्न सक्नुहुन्छ। यो समयको सदुपयोग गर्नुपर्छ। यो हप्ता तपाईंले पैसा प्राप्त गर्ने सम्भावना छ। त्यसको लागि पनि प्रयास गर्नुपर्नेछ। यो साता भाग्यले तपाईंलाई कुनै पनि हिसाबले सहयोग गर्नेछैन। तपाईंले आफ्नो प्रयासमा विश्वास गर्नुपर्नेछ। यदि तपाईं अविवाहित हुनुहुन्छ भने, यो हप्ता तपाईंलाई राम्रो विवाह प्रस्तावहरू प्राप्त हुनेछन्। प्रेम सम्बन्ध बढ्नेछ। तर प्रेम सम्बन्धको बारेमा सावधान रहनुहोस्। वैवाहिक सम्बन्ध धेरै राम्रो हुनेछ।
तपाईंका परिवारका सदस्यहरू तपाईंसँग धेरै खुसी हुनेछन्। आफ्नो जीवनसाथीसँग कुरा गरेर, तपाईंले पुरानो गलतफहमीहरू हटाउनुहुनेछ।साताको सुरुमा केही घरेलु समस्याहरू तपाईंको लागि चिन्ताको प्रमुख कारण बन्न सक्छन्। यस समयमा, तपाईंको परिवारको कुनै वृद्ध व्यक्तिको स्वास्थ्य खराब भएको कारणले गर्दा तपाईंले अस्पताल जानु पर्ने हुनसक्छ।
अचानक आउने समस्या र मानसिक चिन्ताका कारण तपाईं भित्र निराशाको भावना रहन सक्छ। जसको प्रभाव तपाईंको निर्णयमा मात्र नभई तपाईंको दैनिक काममा पनि देख्न सकिन्छ।
उपाय- विष्णु सहस्रनाम दैनिक पाठ गर्नुहोस्।
तुला राशि
नयाँ साता मिश्रित रहनेछ। साताकाे सुरुमा, तपाईंले आफ्नो करियर वा व्यवसायको सम्बन्धमा लामो वा छोटो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ। यस समयमा, तुला राशिका व्यक्तिहरूले परिणामको चिन्ता नगरी आफ्नो काम राम्रो तरिकाले गर्नु राम्रो हुनेछ।
साताको मध्यमा बहसबाट बच्नुहोस् र आफ्नो लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस्। जागिर खानेहरूले कार्यस्थलमा ती व्यक्तिहरूबाट धेरै होसियार हुनुपर्छ जसले प्रायः तपाईंको बाटोमा अवरोध सिर्जना गर्ने षड्यन्त्र गर्छन्। व्यवसायमा बाधा आउनेछ।कार्यालयमा सावधानी अपनाउनु आवश्यक छ। कडा परिश्रम गरेपछि तपाईं आफ्ना शत्रुहरूलाई जित्न सक्नुहुन्छ। नयाँ शत्रुहरू देखा पर्नेछन्। तपाईंको आत्मविश्वास बढ्नेछ। तपाईंको जीवनशैली विलासी हुनेछ।
राजनीतिसँग सम्बन्धित व्यक्तिहरूको प्रतिष्ठा बढ्नेछ। साथीभाइबाट आवश्यक आर्थिक सहयोग प्राप्त हुन सक्छ। साताको उत्तरार्ध धेरै शुभ रहनेछ।यो साता तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आमाको स्वास्थ्य पनि राम्रो रहने अपेक्षा गरिएको छ। तपाईंको जीवनसाथी र बुबाले समस्याको सामना गर्न सक्छन् । यो साता दुर्घटनाबाट सावधान रहनुहोला । तनाव लिनुको सट्टा, समस्याहरूलाई चुनौतीको रूपमा सामना गर्नुहोस्। धैर्य र शान्त रहनुहोस्।
उपाय- दुर्गा चालिसा नियमित पाठ गर्नुहाेस् ।
वृश्चिक राशि
याे साता शुभ रहनेछ । तपाईंले आफ्नो करियर र व्यवसायलाई अगाडि बढाउने राम्रो अवसरहरू पाउनुहुनेछ । यस साताको पहिलो भागमा जागिर खानेहरूले धेरै प्रतिक्षा गरिएको शुभ समाचार प्राप्त गर्ने सम्भावना छ।कार्यस्थलमा तपाईंले समान विचारधारा भएका व्यक्तिहरूलाई भेट्नुहुनेछ।
प्राकृतिक स्थलहरूको भ्रमण गर्न सकिन्छ। आर्थिक लाभ हुन सक्छ। व्यावसायिक यात्राको सम्भावना छ। यो साता बैंकिङ र मिडियासँग सम्बन्धित व्यक्तिहरूको लागि विशेष गरी शुभ रहनेछ। आर्थिक अवस्था पहिलेभन्दा राम्रो हुनेछ। खरिद बिक्रीबाट तपाईंले ठूलो नाफा कमाउन सक्नुहुन्छ।समाज सेवा, राजनीति आदिसँग सम्बन्धित व्यक्तिहरूले कुनै ठूलो उपलब्धि हासिल गर्न सक्छन्।
रोजगारीमा रहेका व्यक्तिहरूको पदोन्नति वा इच्छित स्थानमा स्थानान्तरणको इच्छा पूरा हुन सक्छ। व्यापारिक दृष्टिकोणबाट यो समय राम्रो रहनेछ।पहिले गरिएको लगानीबाट तपाईंलाई फाइदा हुनेछ। व्यवसाय विस्तार गर्ने योजनाहरू सफल हुने देखिन्छन्। कमिसनमा काम गर्नेहरूका लागि यो समय धेरै शुभ छ।
साताको अन्त्यले काम गर्ने मानिसहरूका लागि केही तनाव र मानसिक थकान ल्याउन सक्छ।विद्यार्थीहरूले शिक्षामा राम्रो नतिजा प्राप्त गर्नेछन्। सुगर र रक्तचापका बिरामीहरूको समस्या बढ्न सक्छ। आफ्ना शुभचिन्तकहरूलाई अविश्वास नगर्नुहोस्। तपाईंले आफ्नो खर्च नियन्त्रण गर्नुपर्छ। कुनै पनि कागजात नपढी हस्ताक्षर नगर्नुहोस्।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।
धनु राशि
यो साता कुनै पनि कदम धेरै सावधानीपूर्वक चाल्नु पर्छ । तपाईंको निर्णयहरूको दूरगामी परिणाम हुनेछ।यस समयमा, बेरोजगार व्यक्तिहरूले नयाँ रोजगारीका अवसरहरू प्राप्त गर्न सक्छन्, जुन तपाईंले गल्तिले पनि गुमाउनु हुँदैन, अन्यथा तपाईंले पछुताउनु पर्न सक्छ।
काम गर्ने पेशागत व्यक्तिहरूले आफ्ना हाकिम्हरुसङ राम्रो समन्वय कायम राख्नु आवश्यक छ। यदि तपाईं यो गर्न सफल हुनुभयो भने तपाईंको लागि चीजहरू सजिलो हुनेछन्, अन्यथा तपाईंले थप कडा परिश्रम गर्नुपर्ने हुन सक्छ र अतिरिक्त समय खर्च गर्नुपर्ने हुन सक्छ।
यो साता व्यापारमा संलग्न व्यक्तिहरूको लागि राहत साबित हुनेछ। व्यवसायमा उनीहरूले इच्छित लाभ पाउनेछन्। आर्थिक अवस्था बलियो हुनेछ।यस साता व्यवसायीहरूले आफ्ना ग्राहकहरूको लागि केही नयाँ योजना सुरु गर्न सक्छन्। होटल तथा पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरूले आफ्नो रणनीति परिवर्तन गर्न सक्छन्।आफ्ना आमाबाबुको सम्मान गर्नुहोस्।
बुद्धि र समझदारीले तपाईंले राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ । आफन्तबाट लाभ प्राप्त हुन सक्छ । वैवाहिक जीवन सुखी रहनेछ । तपाईंले आफ्नो जीवनसाथीसँग खुशीसाथ समय बिताउनुहुनेछ।अपरिचित व्यक्तिलाई चाँडै विश्वास नगर्नुहोस्। आवश्यक नभएको ठाउँमा प्रतिक्रिया नदिनुहोस्। मानिसहरूले तपाईंलाई मजाकमा पनि अपमान गर्न सक्छन्। त्यसैले अलि गम्भीर रहनु बुद्धिमानी हुन्छ। तैपनि, सन्तुलित व्यवहार कायम राख्नुहोस्।
उपाय- हरेक दिन सूर्यलाई जल चढाउनुहाेस् । विष्णु सहस्रनाम पाठ गर्नुहोस्।
मकर राशि
साताको सुरुवात धेरै राम्रो हुनेछ । कडा परिश्रम गर्नाले तपाईंको काम चाँडै पूरा हुनेछ। यदि तपाईंले साताको सुरुवातदेखि नै आफ्ना कार्यहरूको योजना र कार्यान्वयन गर्नुभयो भने, तपाईंले इच्छित सफलता प्राप्त गर्नुहुनेछ।
यो साता तपाईंले भावनाको प्रभावमा परेर कुनै पनि ठूलो निर्णय लिनबाट जोगिनु पर्नेछ, अन्यथा तपाईंले पछि पछुताउनु पर्न सक्छ।तपाईंले विद्वान व्यक्तिहरूको संगत पाउनुहुनेछ। कुनै तनावपूर्ण परिस्थितिबाट राहत पाउने सम्भावना छ। यसले तपाईंको मनलाई शान्ति दिनेछ। साताको मध्यतिर, तपाईंले व्यवसायको सम्बन्धमा सरकारसँग सम्बन्धित व्यक्तिहरूलाई भेट्नुपर्ने हुन सक्छ।
तपाईंले गर्नुभएको प्रयास सफल हुनेछ। तपाईंको व्यवसायसँग सम्बन्धित केही समस्याहरू समाधान गर्न पनि तपाईंलाई मद्दत मिल्नेछ।यस समयमा, तपाईंसँग पैसाको निरन्तर आगमन हुनेछ, खर्च पनि कम हुनेछ, जसको कारण तपाईंको कोष बढ्नेछ र तपाईंको आर्थिक अवस्थामा केही हदसम्म सुधार हुनेछ।आर्थिक दृष्टिकोणबाट, यो साता पहिलेभन्दा राम्रो साबित हुनुपर्छ।
यो साता बजारमा अड्किएको तपाईंको पैसा र तपाईंले सापटी दिएको पैसा अप्रत्याशित रूपमा फिर्ता हुन सक्छ।यस साता तपाईं धेरैजसो समय सकारात्मक रहनुहुनेछ। व्यक्तिगत सम्बन्धमा मिठास बढ्नेछ। कामको वातावरण तपाईंको लागि अनुकूल रहनेछ। सरकारी मामिलाहरू सजिलै समाधान हुनेछन्।अविवाहित व्यक्तिहरूले राम्रो सम्बन्ध पाउन सक्छन्।
शो-अफका कारण अप्रत्याशित खर्च हुन सक्छ। जोखिमपूर्ण कामबाट टाढा रहनुहोस्।यो साता आफ्नो बोली र व्यवहारमा नियन्त्रण राख्नु पर्नेछ। यदि तपाईं यो गर्न सफल हुनुभयो भने, तपाईंको परिवारमा खुशी, शान्ति र सम्बन्धमा मिठास आउनेछ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।
कुम्भ राशि
यो साता मिश्रित रहनेछ । काम गर्ने पेशागत व्यक्तिहरूले आफ्नो कार्यस्थलमा निर्धारित लक्ष्यहरू प्राप्त गर्न थप प्रयास र कडा परिश्रम गर्नुपर्नेछ । यो साता, आफ्नो योजनाहरू पूरा हुनुभन्दा पहिले प्रकट वा प्रशंसा नगर्नुहोस्, अन्यथा तपाईंका विरोधीहरूले त्यसमा अवरोध सिर्जना गर्ने प्रयास गर्न सक्छन्।
कार्यस्थलमा कुनै पनि किसिमको लापरवाही नगर्नुहोस्। आफ्नो काम अरू कसैलाई छोड्ने गल्ती नगर्नुहोस् । जागिरे व्यक्तिहरूलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पन सकिन्छ। युवाहरूले आफ्नो करियरमा ठूलो सफलता पाउन सक्छन्। डाटा एनालिसिस र आर्टिफिशियल इन्टेलीजेन्स संलग्न व्यक्तिहरूले ठूलो लाभ लिन सक्छन्।
कानुनी मामिलामा जितको सम्भावना छ। व्यावसायिक दृष्टिकोणबाट, साताको उत्तरार्ध अलि चुनौतीपूर्ण हुन सक्छ। यस समयमा, तपाईंले बजारमा आफ्ना प्रतिस्पर्धीहरूबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन सक्छ। यो साता प्रयास गर्नुभयो भने, तपाईं आफ्ना शत्रुहरूलाई परास्त गर्न सक्नुहुन्छ। तपाईंले नयाँ मानिसहरूलाई भेट्न सक्नुहुन्छ, जो भविष्यमा लाभदायक साबित हुनेछन्। यात्राको सम्भावना रहन सक्छ।
आर्थिक अवस्था राम्रो रहनेछ। आफ्नो स्वास्थ्यको बारेमा सतर्क रहनुहोस्।रगत सम्बन्धी विकारहरूको लागि सावधान रहनुहोस्। तपाईंलाई घाँटी वा ढाडमा पनि दुखाइ हुन सक्छ।वैवाहिक सम्बन्धमा नयाँ ऊर्जा आउनेछ।आफ्नो व्यवहार सरल र सामान्य राख्नुहोस्। अरूको अगाडि राम्रो देखिने प्रयासमा तपाईंले आफ्नो मौलिकता गुमाउन सक्नुहुन्छ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् । मंगलबार बजरंग बाण पाठ गर्नुहाेस् ।
मीन राशि
यो साता धेरै राम्रो र लाभदायक साबित हुनेछ । साताकाे सुरुवातमा करियर र व्यवसायसँग सम्बन्धित केही शुभ समाचार प्राप्त हुनेछ।रोजगारीको दृष्टिकोणले यो साता तपाईंको लागि धेरै अनुकूल देखिन्छ।
साताको पहिलो भागमा, जागिरे व्यक्तिहरूले आफ्नो कार्यस्थलमा केही ठूलो जिम्मेवारी पाउन सक्छन्।कार्यस्थलमा तपाईंको प्रस्तावहरू सजिलै स्वीकार गर्नेछन् र तपाईंले बनाएका योजनाहरूको कदर गर्नेछन्। जागिरको वातावरण तपाईंको पक्षमा हुनेछ।यो साता आत्मनिरीक्षण र नयाँ योजनाहरूमा काम गर्नको लागि राम्रो हुनेछ। करियरमा स्थिरता रहनेछ। तपाईंभित्र सकारात्मकता बढ्नेछ र तपाईंको उत्साह र साहस हप्ताभरि उच्च रहनेछ।
तपाईं आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ। यो समय उपलब्धिहरूले भरिपूर्ण हुनेछ। घरको मर्मतसम्भार आदिमा पैसा खर्च गर्न सक्नुहुन्छ। विदेश यात्राको सम्भावना छ। यस साता, तपाईंले आफ्ना नजिकका साथीहरू र सत्तारुढ सरकारसँग सम्बन्धित व्यक्तिहरूबाट विशेष सहयोग र समर्थन प्राप्त गर्ने सम्भावना छ। यस समयमा उच्च शिक्षाको सपना पूरा हुन सक्छ।
यदि तपाईं जग्गा वा सवारी साधनको लागि ऋण लिँदै हुनुहुन्छ भने बुद्धिमान व्यक्तिहरूसँग परामर्श गर्नुहोस् । वैवाहिक सम्बन्धमा अहंकारलाई स्थान नदिनुहोस्। यदि तपाईंले कुनै कुरामा हार मान्नुभयो भने, तपाईंले स्वतः विवाद समाप्त गर्नुहुन्छ।अविवाहितहरूका लागि यो साता राम्रो छ। नयाँ र राम्रा विवाह प्रस्तावहरू आउनेछन्। प्रेम सम्बन्ध बढ्नेछ। खर्चमा नियन्त्रण राख्नुहोस्।
उपाय- दैनिक महामृत्युंजय मन्त्र ११ पटक जप गर्नुहाेस् ।































प्रतिक्रिया