काठमाडौं । काठमाडौं महानरपालिका पूर्व मेयर केशव स्थापितमाथि लागेको ‘सेक्सुअल ह्यारेसमेन्ट’ आरोपको महानगरले खण्डन गरेको छ । महानगरले एक बिज्ञप्ति जारी गर्दै पत्रकार तथा काठमाडौं महानगरकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले लगाएको यौन प्रस्ताव सम्बन्धी आरोपलाई महानगरले झुटो तथा आधारहीन भनेको छ ।
कार्तिक १२ गतेको मितिमा एउटा विज्ञप्ती निकाल्दै काठमाडौं महानगरपालिकाले प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री समेत रहेका स्थापितमाथि लगाईएको यौन प्रस्तावको आरोप आधारहीन भएको महानगरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आर्थिक अनियमितता र गलत आचरणका कारण हटाइएकी प्रजापतिले पूर्वाग्रह साँधेर स्थापितको चरित्रहत्या गर्न खोजेको महानगरपालिकाको आरोप छ । तर रश्मिला प्रजापतिले भने स्थापितले १५ वर्षअघि महानगरमा हुँदाको स्मरण गर्दै पटक पटक आफूलाई फोन गरेर ‘हृयारेसमेन्ट’ गरेको आरोप लगाएकी छन् ।
‘मि टु अभियान’ अन्तर्गत प्रजापतिले केही दिनअघि फेसबुक र अन्य सन्चारमाध्यममार्फत आफूले स्थापितको प्रस्ताव नमान्दा जागिरबाट निकालिनु परेको दावी गरेकी थिइन् । तर महानगरपालिकाले विज्ञप्तिमार्फत सो आरोपमा सत्यता नभएको र प्रजापतिलाई महानगरको जागिरबाट हटाइदा स्थापित मेयर नरहेको समेत जनाएको छ ।
केशव स्थापितलाई बचाउन अवकाश मिति नै गलत भएको विज्ञप्तीः

काठमाडौं महानगरले केशव स्थापितलाई बचाउँन सेक्सुअल ह्यारेसमेन्टको खण्डन नै ग¥यो । आर्थिक अनियमितता गरेको आरोपमा प्रजापतिलाई हटाईएको महानगरको दाबी छ । महानगर अन्तरगतको हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रममा कार्यरत तत्कालिन शाखा अधिकृत रश्मिलाले अनियमिता गरेको र कर्मचारीलाई अभद्र व्यावहार गरेकोले २०६० साल श्रावण ३ गतेको निर्णय अनुसार उनलाई सेवाबाट हटाईएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा तत्कालिन स्थानीय विकास मन्त्रालयका पदाधिकारी, कर्मचारी र यस कार्यलयबीच त्रीपक्षीय वार्ता भई २०६० श्रावण ३ गते भएको सहमतीमा प्रजापतिलाई तत्कालै महानगरको अतिरिक्त समूहमा सरुवा गरी एक टोली गठन गरेर निजबाट भएका अनियमिताबारे अध्ययन गर्ने र सो अनुसार कारवाही गर्ने निर्णय भएकोमा उनलाई सोहि निर्णयका आधारमा हटाईएको जनाईएको छ । तर सो बेला प्रजापतिलाई सेवाबाट हटाउँदा दिईएको अवकाश पत्रमा उल्लेखित मिति र कार्कीद्धारा अहिले जारी गरिएको विज्ञप्तीमा प्रजापतिलाई सेवाबाट हटाउन गरिएको निर्णय मिति भने फरक छ ।
प्रजापतिले सार्वजनिक गरेको अवकास पत्रमा महानगरपालिका कार्यलयको मिति २०६० कार्तिक ३ को निर्णय अनुसार कार्तिक ४ गते देखि लागु हुने गरि अवकाश दिईएको जनाईएको छ । तर विज्ञप्तीमा भने श्रावण ३ गतेको निर्णय अनुसार हटाईएको भनेर विज्ञप्ती निकालिएको छ ।
यस्तै कार्कीको विज्ञप्तीमा प्रजापतिलाई सेवाबाट हटाउदा पूर्व मेयर केशव स्थापित कार्यलयको प्रमुख पदमा नरहेको पनि जनाएका छन् तर २०५४ मंसिर १६ मा महानगरमा सम्पदा तथा पर्यटन विभागमा शाखा अधिकृतको रुपमा जागिर सुरु गरेकी उनले आफुमाथि स्थापित पहिलो पटक मेयर भएकाबेला नै यौन हिंसा गरेको बताएकी छिन् ।
प्रजापतिले भनेकी छन्, मलाई केशव स्थापित पहिलो पटक मेयर हुँदा नै झण्डै ६ महिना निरन्तर आफुमाथि हिंसा भएको हो । शुक्रवार हुने बित्तिकै मेयर स्थापितले फोन गर्ने र शनिवार कहिले धुलिखेल रिसोर्ट त कहिले नगरकोट रिसोर्ट जाउँ, तिम्रो प्रमोसनको कुरा गर्नु छ भन्ने गर्थे ।
आफुले झण्डै ६ महिना यस्तो हर्कत सहेर बसेपनि एफएममा काम गर्न सुरु गरेपछि सोहि कार्यालयको टेलिफोनमा फोन गरेर ‘तिमिसँग अर्जेन्ट कुरा गर्नु छ, गाडि पठाईदिएको छु तत्काल आउ’ भन्ने निर्देशन दिनुभयो । तल मेयरको गाडि पार्किङमा थियो । त्यसपछि मेयरसँगै उनैको कार्यकक्षमा पुगेर प्रतिवाद गरेपछि आफुमाथि त्यस्तो व्यवहार नगरेको भनेकी छन् ।
उनले दोस्रो पटक २०६० सालमा राजा ज्ञानेन्द्र शाहको कार्यकालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा सिधै मेयरमा मनोनित भएर आएपछिको पहिलो बैठकबाट आफुलाई हटाएको बताएकी छन् । आफुलार्ई दिईएको अवकाश पत्र सार्वजनिक गर्दै भनेकी छन्, यसमा उल्लेख मिति अनुसार २०६० साल कार्तिक ३ गते को निर्णयअनुसार ४ गतेबाट लागु हुने गरी सेवाबाट हटाईएको छ ।
उनले महानगरबाट जारी विज्ञप्तीलाई सिधै झुठको खेतीको शंज्ञा पनि दिएकी छन् । पूर्व मेयरको कर्तुलाई ढाकछोप गर्न हचुवाको भरमा विज्ञप्ती निकालेको प्रतिकृया दिदै उनले पोलिग्राफिक टेष्टको खुल्ला चुनौति नै दिईन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नै लेखेकी छन्, केशव स्थापितज्यू, यौन दूव्र्यवहारको आरोप ढाकछोप गर्न भ्रमको खेती गर्न थाल्नुभयो, सक्नुहुन्छ भने आउनुस् म खुल्ला चुनौती दिन्छु पोलिग्राफिक टेष्ट र सार्वजनिक बहसका लागी ।





























प्रतिक्रिया