काठमाडौं । इटालियन लिग सिरी ए को खेलमा एटलान्टाले घरेलु मैदानमा बराबरीको नतिजा भोग्नुपरेको छ । गएराति सम्पन्न खेलमा एटलान्टाले लेसेसँग १-१ को बराबरी खेलेको हो ।
खेलको २९औं मिनेटमा लेसेका जेस्पर कार्लसनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, एटलान्टाले दोस्रो हाफमा खेलमा फर्कियो। खेलको ६९औं मिनेटमा माटेओ रेटेगुईले पेनाल्टीबाटै गोल गर्दै एटलान्टालाई बराबरीमा पुर्याए।
लिग तालिकाको तेस्रो स्थानमा रहेको एटलान्टालाई यो बराबरीले धक्का पुगेको छ । ३५ खेलमा एटलान्टाले ६८ अंक जोडेको छ । लेसे रेलिगेसनबाट बच्न प्रयासरत छ।





























प्रतिक्रिया