काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेसी आबद्ध इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा नमिठो हार व्यहोरेको छ । गएराति भएको खेलमा मिनेसोटा युनाइटेडले इन्टर मियामीलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
मेसीले गोल गरे पनि टोलीको हार टार्न सकेनन्।
मिनेसोटा युनाइटेडले खेलको ३२औं मिनेटमा बोंगोंकुहले ह्लोन्गवानेको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा एन्थोनी मार्कानिचले गोल गर्दै मिनेसोटाको अग्रता दोब्बर पारे।
दोस्रो हाफको सुरुमै, ४८औं मिनेटमा मेसीले गोल गर्दै इन्टर मियामीलाई खेलमा फर्काउने प्रयास गरे। तर, मिनेसोटाले आफ्नो लय कायम राख्यो। ६८औं मिनेटमा मार्सेलो वेइगाण्डको आत्मघाती गोलले मिनेसोटालाई ३-१ को अग्रता दिलायो। त्यसको दुई मिनेटपछि नै, ७०औं मिनेटमा रोबिन लोडले गोल गर्दै मिनेसोटाको जित सुनिश्चित गरे।
इन्टर मियामीलाई यो हारले लिग तालिकामा धक्का पुगेको छ।





























प्रतिक्रिया