काठमाडौँ

डीआईजी शुशिल भण्डारी सहित ३ जनाको ज्यान जाने गरी गत शनिबार भएको दुर्घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । "/>

काभ्रेको मण्डनदेउपुर जीप दुर्घटना शंकास्पद : छानबिनका लागि ५ सदस्यीय समिति गठन

काभ्रेको मण्डनदेउपुर जीप दुर्घटना शंकास्पद : छानबिनका लागि ५ सदस्यीय समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

डीआईजी शुशिल भण्डारी सहित ३ जनाको ज्यान जाने गरी गत शनिबार भएको दुर्घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । कात्तिक १० गते मण्डनदेउपुर–६ मा भएको दुर्घटनामा उनी सहित पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश ३ अध्यक्ष विनोद कार्कीको मृत्यु भएको थियो ।

‘शंकास्पद लागेर थप अनुसन्धान थालेका छौं,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने, ‘दुर्घटना वा योजनाबद्ध हो भन्ने अनुसन्धानपछि पत्ता लाग्ला ।’ काभ्रे प्रहरीले डीएसपी दीपक गिरीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको उनले बताए । आइतबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी खड्का, पत्रकार महासंघ लगायत सरोकारवालाको टोली ‘अवलोकन’ का लागि घटनास्थल पुगेको थियो ।

घटनास्थलमा हाइटेन्सन लाइन छुने अवस्था नरहेको, सहज हुँदा पनि लिक छोडेर ‘लापरबाहीपूर्ण’ तरिकाले गाडी चलाएको टोलीले पाएको थियो । ६ जना चढेको निजी गाडी व्यवसायी प्रदीप बोगटीले चलाएका थिए । घाइते मध्ये २ जना डिस्चार्ज भइसकेका छन् । आफ्नै आग्रहमा धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका बोगटी प्रहरीको सुरक्षामा ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार गराइरहेका छन् ।

मण्डनदेउपुर नगरपालिका–६, भांगेटारमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको ‘अवैध लगानी’ ।

एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना ‘व्यावसायिक साझेदार’ सँग नयाँ व्यवसायमा लगानी गर्न काभ्रेको मण्डनदेउपुर पुगेका थिए । तर त्यहीं उनको जीवनकै अन्त्य भयो ।

काभ्रे प्रहरीलाई सुइँको समेत नदिई पुगेका उनी दुर्घटनामा पर्दा समेत प्रहरीलाई ‘डीआईजी’ हुन् भन्ने जानकारी भएन । काभ्रेका विभिन्न क्रसर उद्योगमा उनको लगानी पाइएको छ । स्रोतका अनुसार डीआईजी भण्डारीले आफन्तका नाममा बेथानचोक गाउँपालिकामा रहेको चलाल गणेश रोडाढुंगा उद्योगमा अप्रत्यक्ष लगानी गरेका थिए ।
कान्तिपुरबाट

Skip This
Skip This
Logo