इलाम

इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर पौडेलले स्थानीय एक युवकलाई कार्यालयमै कुटपिट गरेका छन् । "/>

वडाध्यक्षले कार्यालयमै कुटे सेवाग्राहीलाई : यस्तो छ कारण !

वडाध्यक्षले कार्यालयमै कुटे सेवाग्राहीलाई : यस्तो छ कारण !

केन्द्रबिन्दु
0
Shares

इलाम

इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर पौडेलले स्थानीय एक युवकलाई कार्यालयमै कुटपिट गरेका छन् । घरमा बिजुलीको मिटर राख्ने सिफारिस लिन आएका वडा २ का सुवास रिजाललाई वडाध्यक्ष पौडेलले कुटपिट गरेका हुन् ।

‘विद्युतको मिटर राख्ने सिफारिस माग्न वडा कार्यालय गएको थिएँ, वडाध्यक्षले मै माथि हात हाले,’ पीडित रिजालले भने, ‘जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सदरमुकाम आएको हुँ ।’ रिजालले वडाध्यक्ष पौडेल माथि कारबाही माग गर्दै बुधबार प्रहरीमा निवेदन दिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मंगलबार वडा कार्यालय आएका रिजाललाई वडाध्यक्ष पौडेलले अघिल्लो दिन तिनै युवक (रिजाल) ले आफूलाई ‘वडा कार्यालय ध्वस्त बनाइदिन्छु’ भन्दै धम्क्याएको विषय निकालेर कुटपिट गरेका हुन् । ‘हिजो मलाई किन धम्क्याएको ? भन्दै वडाध्यक्षले रिजाललाई २ झापड हानेर घोक्रयाउँदै ढोका बाहिर निकालेको सम्म हामीले देखेको हो,’ एक प्रत्यक्षदर्शीले भने, ‘कुटपिट भएपछि भनाभन कस्तो सम्म भयो भन्ने त के हिसाब–किताब छ र ? बिजुलीको लाइन काटिएको विषयमा वडाध्यक्षलाई अघिल्लो दिन कसैले धम्क्याएको चाहिँ हामीलाई थाहा थियो ।’

यता आफूलाई रिजालले फोनबाट धम्क्याएको वडाध्यक्ष पौडेलले बताए । ‘मलाई एउटा नम्बरबाट फोन गरेर वडा कार्यालय ध्वस्त पारिदिन्छु, तँ जनप्रतिनिधि भएर आएपछि हामीले १० वर्ष देखि बालेको बिजुली काट्न पठाउने ? भन्दै सोमबार साँझ रिजालको नम्बरबाट धम्की आयो,’ वडाध्यक्ष पौडेलले भने, ‘भोलिपल्ट वडा कार्यालयमा विद्युत मिटरको सिफारिस लिन आएका रिजाललाई अघिल्लो दिन धम्क्याएको विषयमा सोध्दा उनले मैले होइन भने । तर उनकै नम्बरबाट जसले धम्क्याएपनि कारबाही नभएसम्म सिफारिस पनि नदिने भनेर पठाएको हुँ, मैले रिजाललाई हात हालेको चाहिँ साँचो होइन ।’
नागरिकबाट

Skip This
Skip This
Logo