केरल

भारतको केरल राज्यमा ९६ वर्षीया एक महिलाले साक्षरता परीक्षामा १०० मा ९८ अंक ल्याएर रोचक कीर्तिमान बनाएकी छिन् । "/>

९६ वर्षीया महिला साक्षरता परीक्षामा ९८ अंक सहित उत्कृष्ट !

९६ वर्षीया महिला साक्षरता परीक्षामा ९८ अंक सहित उत्कृष्ट !

केन्द्रबिन्दु
0
Shares

केरल

भारतको केरल राज्यमा ९६ वर्षीया एक महिलाले साक्षरता परीक्षामा १०० मा ९८ अंक ल्याएर रोचक कीर्तिमान बनाएकी छिन् । केरल सरकारले अक्षरालक्ष्यम् साक्षरता अभियान चलाइरहेका बेला वृद्धाको यो सफलता प्रेरणादायी भएको छ ।

कर्तयायनीअम्मा यस साक्षरता परीक्षामा सामेल हुने सबैभन्दा वृद्धा पनि हुन् । परीक्षा दिँदै गरेको कर्तयायनीको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

भारतीय अनलाइन द हिन्दुका अनुसार कर्त्यायनी १० अगस्ट पुरै राज्यभर भएको यस परीक्षामा सहभागी भएकी थिइन् । हालै मात्र यसको नतिजा बाहिरिएको छ । यसमा ४३,३३० परीक्षार्थी सहभागी थिए । जसमा ९९.०८ प्रतिशत अर्थात् ४२,९३३ पास भए । कर्त्यायनीलार्इ बिहीबार (आज) त्यहाँका मुख्यमन्त्री पिनराई विजयनले सम्मान गर्दैछन् ।

निरक्षरता समाप्ति अभियान

केरल सरकारले यस वर्ष गणतन्त्र दिवसमा अक्षरालक्ष्यम साक्षरता अभियान थालेको थियो । यसको उद्धेश्य राज्यमा साक्षरता दर बढाउनु रहेको छ । यस अभियानका क्रममा राज्यमा २१ हजार ९०८ वार्डमा २,०८६ सिकाइ केन्द्र खोलिएको छ । सरकारले अबको चार वर्षमा राज्यका सबै १८.५ लाख निरक्षरलार्इ साक्षर बनाउने अभियान थालिसकेको छ ।
एजेन्सी

Logo