जेलको शौचालयमा मृत भेटिए थुनुवा

जेलको शौचालयमा मृत भेटिए थुनुवा

केन्द्रबिन्दु
12
Shares

जाजरकोट । जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

भेरी नगरपालिका १० का २६ वर्षीय दीपक बुढाले आइतबार बिहान कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रशाद शर्माका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए ।

उनको मुद्दाको फैसला आउन बाँकि नै छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

Skip This
Skip This
Logo