नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने बताउदै तिहारलाई झिलिमिली बनाउन आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बिजुलीको उत्पादन गएको वर्षको भन्दा राम्रो अवस्थामा रहेको भन्दै घिसिङले भने- ‘‘ यो तिहारमा लोडसेडिङ हुन्न, छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।’
यो वर्षको तिहारमा अधिकतम माग १२७० मेगावाट पुग्न सक्ने बताउँदै १३५० मेगावाट आए पनि धान्न सक्ने घिसिङले जानकारी दिए । यो पटक कुलेखानीको भण्डारण पनि बढेको बताउँदै उनले भने, ‘कुलेखानी यसपालि १५२६ मिटरभन्दा माथि छ । यो अहिलेसम्मकै धेरै हो ।’





























प्रतिक्रिया