नेपालयले आयोजना गरेको दुई दिने पुस्तक मेला सम्पन, पाठकहरुमा रुची घट्दो

नेपालयले आयोजना गरेको दुई दिने पुस्तक मेला सम्पन, पाठकहरुमा रुची घट्दो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । पब्लिकेसन नेपालयले आयोजना गरेको पुस्तक मेला सम्पन भएको छ । कालिका स्थानस्थित नेपालयको कार्यालयमा शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन भएको पुस्तक मेला सम्पन्न भएको हो ।

पठन संस्कृतिलाई बचाई राख्न, लेखक र पाठक साक्षात्कार गर्ने उदेश्यका साथ नेपालयले पुस्तक मेलाको आयोजना गरेको हो । मेलामा नेपालयले प्रकाशन गरेका साहित्य, जीवनी, फिक्सन, नन फिक्सन, इतिहास, बाल साहित्य जस्ता विधाका पुस्तकहरु प्रदर्शनीमा राखिएको थियो ।

पाठकलाई सस्तो मूल्यमा सबैथरीको पुस्तक एकैठाउँमा उपलब्ध होस् र पठन संस्कृतिको विकास र पाठकहरुलाई लेखकसँग साक्षात्कार हुने मौका उपलब्ध गराउने उदेश्यले पुस्तक मेलाको आयोजना गरिएको पब्लिकेशन नेपालयका सम्पादक बिमल आचार्यले बताए ।

उनले भने, ‘लेखक र पाठकबीचको दुरी सयौं कोषको रहेको छ । पाठकहरुलाई लेखक अर्कै दुनियाँको होकी जस्तो लाग्छ । लेखकहरुलाई भेट्नै मुस्किल हुन्छ । पाठक र लेखक विच साक्षतकार हुँदा दुई विचको दुरी कम हुन्छ । त्यसैले पाठकहरुलाई लेखकहरुसंग पुस्तकको बारेका जानकारी मिलोस् र लेखकलाई पनि पाठकहरुको उत्साह मिलोस भनेर पुस्तक मेलाको आयोजना गरिएको हो ।’

पुस्तक मेलामा आएका पुस्तकप्रेमी पाठकहरुले पनि एकै ठाँउमा, सुपथ मुल्यमा पुस्तक पाइने हुनाले पुस्तक मेलाको आयोजना हुन आवश्यक रहेको बताएका छन् ।

पब्लिकेशन नेपालयले ७० को हाराहारीमा पुस्तक प्रकाशन गरेको छ । ति सबै पुस्तकहरु मेलामा उपलब्ध रहेका थिए । ति पुस्तकहरुमा २० देखि ६० प्रतिशत सम्म छुट दिएको थियो ।

मेलामा सयौं पाठकहरुले सहभागिता रहेको थियो । त्यसैगरी सुविन भट्टराई, जिबा रामिछाने, रमेश भुसाल, नारायण वाग्ले सहित २८ जना लेखकहरुको पनि सहभागिता रहेको थियो ।

पब्लिकेशन नेपालयले विगत २० वर्ष देखि पुस्तक प्रकाशन गर्दै आएको छ । यस पब्लिकेशनले बजारमा ल्याएको पहिलो पुस्तक नारायण वाग्लले लेखेको पल्पसा क्याफे हो, जुन मदन पुरस्कार विजेता र धेरै पाठकहरुले रुचाएको पुस्तक हो ।

यस मेलामा पनि पाठकहरुले पल्पसा क्याफेलाई धेरै रुचाएको आयोजक पक्षले जनाएको छ । त्यसैगरी नेपालयले अन्य प्रकाशनको पुस्तक बिक्रीमा पनि राखेको छ ।

Logo