न्युक्यासलले चेल्सीलाई हरायो, सिटीलाई फाइदा

न्युक्यासलले चेल्सीलाई हरायो, सिटीलाई फाइदा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगको खेलमा न्युक्यासल युनाइटेडले चेल्सीमाथि सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा न्युक्यासलले चेल्सीलाई २-० ले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमै सान्द्रो टोनालीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए। ज्याकब मर्फीको क्रसमा उनले उत्कृष्ट फिनिस गरेका थिए। त्यसपछि खेलको ३६ औं मिनेटमा चेल्सीका स्ट्राइकर निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि चेल्सी दबाबमा परेको थियो।

१० खेलाडीमा सीमित भए पनि चेल्सीले दोस्रो हाफमा केही राम्रा अवसरहरू सिर्जना गरेको थियो तर न्युक्यासलका गोलकिपर निक पोपले उत्कृष्ट बचाउ गरे। खेलको अन्तिम मिनेटमा ब्रुनो गुइमारेसले न्युक्यासलको लागि दोस्रो गोल गरे।

यो जितसँगै न्युक्यासल युनाइटेड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने चेल्सी पाँचौं स्थानमा यथावत छ । यसले चौथो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ ।

Skip This
Skip This
Logo