सिरी एको लिगलिडर नापोलीलाई धक्का

सिरी एको लिगलिडर नापोलीलाई धक्का

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । इटालियन सिरी एको लिगलिडर नापोली बराबरीमै रोकिएको छ । घरेलु मैदानमा नापोलीले जेनोआसँग २-२ को बराबरी खेलेको हो ।

खेलमा घरेलु टोलीले अग्रता लिए पनि जेनोआले उत्कृष्ट पुनरागमन गर्दै अंक खोस्न सफल भयो।

खेलको १५औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए। उनले डिफेन्डरलाई बिट गर्दै गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। तर, जेनोआले त्यसको १७ मिनेटपछि बराबरी गोल फर्कायो । ३२ औं मिनेटमा एलेक्स मेरेटले आफ्नै पोस्टमा गोल गरेपछि खेल १-१ को स्थितिमा पुग्यो ।

दोस्रो हाफमा नापोलीले फेरि अग्रता लियो। ६४ औं मिनेटमा जियाकोमो रास्पडोरिले उत्कृष्ट फिनिस गर्दै नापोलीलाई २-ले गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए।

यो बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन्। नापोलीले शीर्ष स्थानमा अग्रता लिने मौका गुमाएको छ । ३६ खेलमा नापोलीको ७८ अंक छ । यता दोस्रो स्थानमा रहेको इन्टर एक अंकले मात्रै पछि छ । जेनोआसँग ४० अंक मात्रै छ ।

Skip This
Skip This
Logo