काठमाडौं । फ्रेन्च लिग १ मा पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले शानदार जित दर्ता गरेकाे छ । पीएसजीले मोन्टपेलियरलाई उसकै घरेलु मैदानमा ४-१ ले पराजित गरेको हाे ।
पीएसजीका जितमा गोन्सालो रामोसले ह्याट्रिक गरे भने सेन्नी मायुलुले एक गोल गरे। मोन्टपेलियरका लागि ट्यांगु कुलिबालीले एक मात्र गोल फर्काए।
पीएसजीका प्रशिक्षक लुइस एनरिकले च्याम्पियन्स लिगको फाइनललाई मध्यनजर गर्दै टिममा धेरै परिवर्तन गरेका थिए । तर युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सहज जित दिलाएका हुन् ।
पीएसजीले खेलको ४४ औं मिनेटमा मायुलुले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता लिएकाे थियाे । दोस्रो हाफको सुरुमै रामोसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। ५९ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३-० को स्थितिमा पुर्याए।
मोन्टपेलियरले ६४ औं मिनेटमा ट्यांगु कुलिबालीको गोलबाट खेलमा फर्कने प्रयास गरे पनि त्यसको एक मिनेट नबित्दै रामोसले व्यक्तिगत तेस्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।
यो जितसँगै पीएसजीले लिगमा आफ्नो दबदबा कायम राखेको छ। पीएसजीले ३३ खेलमा ८१ अंक जाेडेकाे छ । मोन्टपेलियर १६ अंकसहित तालिकाकाे पुछारमा छ ।





























प्रतिक्रिया