काठमाडा । ई-स्पोर्ट्स संघ नेपालको आयोजना र व्यवस्थापनमा भएकाे अन्तर्राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल एसियन सोडाउन २०२५ को उपाधि पाकिस्तानले जितेको छ।
१४ देश सम्मिलित यस प्रतियोगितामा पाकिस्तानले इन्डोनेसियालाई पराजित गरेको हो।
कुल १५ खेलमा ४ पटक चिकन डिनर जित्दै १७३ अंकको साथ पाकिस्तान विजयी भएको हो। दोस्रो भएको इन्डोनेसियाले १५ खेलमा ३ पटक चिकन डिनरसहित १६९ अंक जोडेको हो।
घरेलु टिम नेपालको भने ३ टोलीले यस प्रतियोगितामा सहभागिता जनाएका थिए। नेपाल निलो टिम प्रतियोगितामा तेस्रो भएको छ। नेपाल नीलोले ४ वटा चिकन डिनरसहित १५४ अंक प्राप्त गर्दै तेस्रो भएको हो। नेपाल रातोले ११८ अंक जोड्दै चौथो भयो। मलेसिया ११२ अंकसहित पाँचौँ भयो।
विजेता पाकिस्तानले ४ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गरेकाे छ । दोस्रो भएको इन्डोनेसियाले २ लाख, तेस्रो भएको नेपाल निलोले १ लाख ५० हजार, चौथो भएको नेपाल रातोले १ लाख, पाँचौँ भएको मलेसियाले ५० हजार रुपैयाँ प्राप्त गरेकाे छ ।
यस प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पाकिस्तानका फाल्काले जिते। उनले ५० हजार पुरस्कार प्राप्त गरे।





























प्रतिक्रिया