चलचित्र ‘द ब्रेक अप’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘आज हाम्रो भेट भाको दिन’ बोल गीतको रिमिक्स भर्सन सार्वजनिक भएको छ । गीतमा आशिरमान देशराज जोसी र शिल्पा मास्केले मस्की मस्की नृत्य पस्केका छन् ।
‘ज्वाला’ चलचित्रको यस गीतको रियल भर्सनमा आशा भोस्ले र उदित नारायण झाले स्वर दिएका थिए भने अहिले रिमिक्स भर्सनमा बिराज गौतम र मेलिना राइले स्वर दिएका छन् । शब्द बुद्घवीर लामाको रहेको छ भने संगीत शिला बहादुर मोक्तानले भरेका छन् । गीतमा विवाहको माहोललाई देखाइएको छ ।
हेमराज बिसीले निर्देशन गरेको यस चलचिलत्रमा कथा र पटकथा पनि उनकै रहेको छ । आशिरमान देशराज जोसी, शिल्पा मास्के, रेमन दास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतका कलाकारले यस चलचित्रमा अभिनय गरेका छन् ।
यो चलचित्र लभस्टोरी जनरामा निमार्ण गरिएको छ । चलचित्रलाई रुपक थापा, दीपक खतिवडा र रेनु रानाले संयुतm रुपमा निमार्ण गरेका छन् । ‘द ब्रेक अप’ अगामी पुष २७ गते बाट देशभर प्रर्दशनमा आउँदैछ ।





























प्रतिक्रिया