पाेखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत कप्तान पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित दर्ता गरेको छ । चितवनले दिएको १९४ रनको चुनौती पछ्याएको धनगढी ब्लुजले सबै विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो ।
टस हारेर ब्याटिङकाे निम्ताे पाएको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो ।
दिपेन्द्र सिंह एेरीकाे कप्तानिमा रहेकाे धनगढीले जारी प्रतिायाेगितामा १ खेलमा जित र २ खेलमा हार व्यहाेरेकाे छ । चितवन राइनोज पहिलो खेलमा बुटवलसँग हारेको थियो भने दोश्रो खेलमा पोखरा पल्टनसंग हारेको थियो ।
अाज हुने दाेस्राे खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भिड्दै छन् ।





























प्रतिक्रिया