पीपीएल: चितवनको १९४ रन पछ्याउदै धनगढी

पीपीएल: चितवनको १९४ रन पछ्याउदै धनगढी

केन्द्रबिन्दु
0
Shares

पाेखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई १९४ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङकाे निम्ताे पाएको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रन जोड्यो। 

हरिशंकर साह र अनिलकुमार साहको ओपनिङ जोडीले पहिलो विकेटका लागि १०.४ ओभरमा १ सय १ रनको साझेदारी गरे. हरिशंकरले चितवनका लागि सर्वाधिक रन प्रहार गर्ने क्रममा अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यता धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी, ड्यानियल लाउरेन्टस, मन्जित श्रेष्ठ र योगेन्द्रसिंह कार्कीले समान १-१ विकेट लिए। 

चितवन राइनाेजले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन। त्यसकारण आज उसलाई जित्नै पर्ने दबाब रहेकाे छ । दिपेन्द्र सिंह एेरीकाे कप्तानिमा रहेकाे धनगढीले जारी प्रतिायाेगितामा १ खेलमा जित र १ खेलमा हार व्यहाेरेकाे छ । 

अाज हुने दाेस्राे खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भिड्दै छन् ।

Skip This
Skip This
Logo