समर्थगुरु सिद्धार्थ औलियाको उपस्थितिमा ‘त्रिदिवसीय ध्यान योग शिविर’ सुरु

समर्थगुरु सिद्धार्थ औलियाको उपस्थितिमा ‘त्रिदिवसीय ध्यान योग शिविर’ सुरु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया नेपाल आएका छन् । समर्थ गुरु धाराका प्रवर्तक तथा संस्थापक सद्गुरु सिद्धार्थ औलियाले समर्थगुरु संघ नेपालको आयोजनामा ललितपुरस्थित होटल हिमालयमा सोमबारदेखि बुधबारसम्म ३ दिने हुने ध्यान योग शिविरमा आध्यात्मिक जागरण दिब्य ज्ञान दिनेछन् ।

उक्त आध्यात्मिक जागरण कार्यक्रममा सद्गुरु ओशो सिद्धार्थ औलियाले कार्यक्रमको पहिलो दिन भगवान गौतम बुद्धको आर्य अष्टाङ्गिक मार्गको रहस्य खोलेका छन् । यो दिन तपाईंको जीवनमा लुकेका चिन्ता, तनाव, र असफलताको जालबाट मुक्त हुने अवसर हो। योग र अन्तरक्रियात्मक सत्रहरू मार्फत, सद्गुरुले सिकाउनेछन्—कसरी जीवनलाई आनन्दमय, सन्तुलित, र सफल बनाउने ? यो सत्रले तपाईंलाई केवल सैद्धान्तिक ज्ञान मात्र होइन, जीवनमा तुरुन्त लागू गर्न सकिने व्यावहारिक उपायहरू पनि प्रदान गर्नेछ।

दोस्रो दिनको सत्रले तपाईंलाई आध्यात्मिक उचाइमा पुर्‍याउनेछ । यहाँ सद्गुरुले ‘ओमकार’ दिक्षा प्रदान गर्नेछन्—यो विश्वको प्राणशक्ति, सृष्टिको मूल ध्वनि हो। यो दिक्षाले तपाईंको जीवनबाट दुख र अशान्तिलाई हटाएर तपाईंलाई तपाईंको अन्तरजगतको गहिराइमा डुबाउनेछ। यो अनुभव यति गहन छ कि सहभागीहरूले आफ्नो जीवनमा तत्कालै परिवर्तन महसुस गर्नेछन्। यो सत्र दोस्रो दिनको मध्यसम्म चल्नेछ, जसले तपाईंको आध्यात्मिक यात्रालाई थप सशक्त बनाउनेछ ।

तेस्रो दिनको धर्म दृष्टि सत्रले आजको समाजमा धर्मको सही अर्थ खोल्नेछ । सनातन धर्म भनेको के हो ? यो प्रश्नको जवाफमा धेरै भ्रम र बहस छन्। सद्गुरुले सनातन धर्मलाई मानव जीवनको सर्वाङ्गीण विकासको वैज्ञानिक र व्यावहारिक मार्गको रूपमा प्रस्तुत गर्नेछन्। ओशोको सनातन दृष्टि लाई आधार बनाएर, यो सत्रले तपाईंलाई जीवनलाई सुन्दर, शान्त, र दैवी बनाउने कला सिकाउनेछ ।

काठमाडौं लगत्तै पोखरामा पनि सद्गुरु ओशो सिद्धार्थ औलियाको ३ दिने आध्यात्मिक जागरण कार्यक्रम रहेको छ ।

सद्गुरु ओशो सिद्धार्थ औलिया कुनै साधारण गुरु होइनन्, उनी सनातन धर्मको गहिरो ज्ञान र आधुनिक जीवनको व्यावहारिकताको संगम हुन्। उनको प्रत्येक शब्दमा सत्यको शक्ति र प्रत्येक मुस्कानमा करुणाको सागर लुकेको छ। उनको यो नेपाल भ्रमण, विशेष गरी काठमाडौं र पोखराका हरेक व्यक्तिलाई आफ्नो अन्तरजगतको खोजमा प्रेरित गर्न समर्पित छ।

आजको दौडधुप र तनावपूर्ण जीवनमा, हामी आफैंसँग टाढिंदै गएका छौं। सद्गुरु ओशो सिद्धार्थ औलियाको यो कार्यक्रम आफ्नो मूल स्वरूपसँग जोड्ने सुनौलो अवसर रहेकाे बताइएकाे छ ।

Logo