दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।
ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । त्यस क्रममा उनले नौ जनालाई सम्मान गरेकाे स्थानीय श्रीहरि पौडेलले जानकारी दिए । उनले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए ।
राष्ट्रपति पौडेलको पुर्ख्याैली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडाैं फर्किने कार्यक्रम रहेको छ ।































प्रतिक्रिया