‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ को शीर्ष उपाधि एरिका गुप्तालाई

‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ को शीर्ष उपाधि एरिका गुप्तालाई

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’को शीर्ष उपाधि एरिका गुप्ताले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न १४औँ उक्त कार्यक्रमबाट जुनियर गर्लको गुप्ताले शीर्ष उपाधि हासिल गर्न सफल भएकी हुन् ।  

बालबालिकाहरूलाई मोडलिङ, नृत्य, गायन र फेशन प्रदर्शनका माध्यमबाट आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर यो कार्यक्रमले प्रदान गर्दै आएको छ । साथै, प्रतियोगीहरूलाई उमेर र कक्षाअनुसार समूहमा विभाजन गरी विभिन्न पुरस्कारहरू दिइने आयोजक टिमले बताएको छ । 

विजेता बनेपछि गुप्ताले खुसी हुँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहभागी भइराख्ने बताइन् ।  रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित यो प्रतियोगितामा सहभागी भएका बालबालिकाहरूले आफ्नो आत्मविश्वासमा वृद्धि र नयाँ सीप सिक्ने अवसर प्राप्त गर्ने छन् । 

यस्तै, विजेता गुप्ताले ५ हजार नगद तथा प्रमाणपत्र सहित सम्मानित भएकी छिन् । साथै, प्रतियोगितामा जुनियर ब्वाइज एरोस कर्माचार्यले उपाधि जित्दा सिनियर ब्वाईजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुषा ढकाल शीर्ष विजेता बना छन् ।  
जुनियर ब्वाइजतर्फ विपार्थ थापा फस्ट रनर अप, रिदयम थापा सेकेन्ड रनर अप बन्दा सिनियर ब्वाईतर्फ दक्ष तनवर फस्ट रनर अप र आदी चौधरी सेकेन्ड रनर अप भएको आयोजक टिमले जानकारी दिएको छ ।

Logo