काठमाडौं । काभ्रेको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको बिपी राजमार्ग मंगलबार दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
प्रहरी टोली तथा स्थानीयका पहलमा करिब १४ घण्टापछि राजमार्ग खुलेको हो।
गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।





























प्रतिक्रिया