ब्याटिङ फितलो बन्दा नेपाल हङकङसँग हार्‍यो

ब्याटिङ फितलो बन्दा नेपाल हङकङसँग हार्‍यो

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल हङकङसँग पराजित भएको छ । आज भएको तेस्रो खेलमा नेपाल हङकङसँग ७ विकेटले स्तब्ध भएको हो । वर्षाका कारण खेल आज ५ ओभरमा झाएिको थियो ।

नेपालले दिएको ३० रनको सामान्य लक्ष्य हङकङले मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो । हङकङका लागि ओपनर शान्जीन शहजादले नटआउट १५ रन जोडिन् । ाखता नखोल्दै २विकेट गुमाएपनि शान्जीनको राम्रो ब्याटिङको कारण हङकङले पहिलो जित दर्ता गरेको हो ।

यता नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै मात्र २९ रन जोड्न सक्यो । सम्झना खड्काले ७ बलमा १० रन बनाउँदा कप्तान इन्दु बर्माले १० बलमा मात्र ९ रन जोडिन् । कविता कुँवर मात्र २ रनमै समेटिइन् ।

मेई वाई सिउले ३ विकेट लिइन् ।

यो हारले नेपाललाई विश्वकप छनोटमा धक्का लागेको छ । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्ने थियो । तर सकेन । पहिलो खेलमा हङकङसँग भिडन्त वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए । दोस्रो खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी बहराइनलाई ९ विकेटले पराजित गरेको थियो । सुपर ३ प्रवेशका लागि अब नेपालले बहराइनसँग खेल्नेछ । समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउने छ ।

Logo