अपरेसन सिन्दुरले अमेरिकी पत्रकार पर्लकाे परिवारलाई २३ वर्षपछि दियो न्याय !

अपरेसन सिन्दुरले अमेरिकी पत्रकार पर्लकाे परिवारलाई २३ वर्षपछि दियो न्याय !

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । पत्रकारीता एक चुनौतीपूर्ण पेशा रहेकोमा दुईमत नहोला । यसमा ज्यान जोखिमका अनेकौँ परिस्थितीहरुको सामना गर्नुपर्दछ ।भर्खरै चैत्र १५ गते राजधानीको तिनकुनेमा भएको राजावादी समूहको प्रदर्शन क्रममा पनि फोटो पत्रकार सुरेश रजकले प्राणको आहुती दिनुपरेको घटना ताजै छ ।

विश्वभर यस्ता कैयौँ घटनाहरुको ईतिहास छ । सूचना प्रवाहको धर्म निर्वाह गर्ने क्रममा पत्रकारहरु राजनीतिक कुण्ठाको शिकार भएको, अपराधिक समूहको जालझेलमा पर्ने गरेको देखि लिएर विश्वभरको आतङ्कवादी गतिविधि र सशस्त्र द्धन्द्धमा ज्यान गुमाएका पत्रकारहरुको लामो लिस्ट छ ।

अमेरिकी–यहूदी पत्रकार डेनियल पर्ल पनि त्यसरी नै सन् २००२ मा आतंकवादीहरुको निशानामा गरे । द वाल स्ट्रिटका लागि दक्षिण एसिया ब्युरो प्रमुख उनी आतङ्कवादीहरुको अन्तरवार्ताको लागि पाकिस्तान पुगेका बेला अपहरणपछि निर्मम हत्या भएको थियो। पाकिस्तानमा आतंकवादी सम्बन्धहरूको अनुसन्धान गर्ने क्रममा कराँचीमा इस्लामी आतंककारीहरूको अपहरणमा परेका थिए । पछि उनको टाउको काटेर नृशंस हत्या गरिएको थियो ।

भारतले ६ मेको रातमा पाकिस्तानमाथि गरेको अपरेशन सिन्दुरमा उनको हत्यारा अब्दुल रौफ अजहरको मृत्युले २३ वर्षपछि पर्लको परिवारलाई न्याय मिलेको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम र पर्ललाई सम्झनेहरुले लेखेका छन् ।

अजÞहर, अन्तर्राष्ट्रिय स्तरमा घोषित आतङ्कवादी तथा जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरका भाई थिए । जसलाई पर्लको अपहरण र शिर छेदनको सूत्रधार मानिन्थ्यो। अजहरले प्लेन हाईज्याक मार्फत छुटाएका ओमर शेखले पछि पत्रकार पर्लको अपहरण र हत्या गरेको भएपनि यसको पछाडि अजहर नै मुख्य भूमिकामा थिए ।

अपरेशनको क्रममा भारतीय वायुसेनाले मुजफ्फराबादको शावाई नाल्ला क्याम्पमा गरिएका प्रहारमा अजहर मारिएको भारतीय अधिकारीहरूको दाबी थियो । घटनाप्रति पत्रकार पर्लले न्याय पाएको भनी पर्लका बुबासहित अन्य कैयौँले पोस्ट गरेर ढिलै भएपनि न्याय भएकोमा खुशी व्यक्त गरे ।

डेनियल पर्ललाई न्याय

डेनियल पर्लका बुबा डा. युसुफ पर्लले भारतीय कारबाहीको प्रशंसा गर्दै भनेका छन्, “ड्यानीको सम्झनामा सम्मान दिइयो। सन्देश एकदम स्पष्ट छ—पत्रकार कहिल्यै आतंकको निशाना बन्नु हुँदैन।”

डेनियल पर्लकी सहकर्मी र साथी पत्रकार अस्रा नोमानीले ‘एकै साथ राहत र पीडा’ महसुस भएको भन्दै सञ्जाल एक्समा लेखेकी छन् । “बहावलपुरमाथि भारतले बम खसाल्यो भन्ने खबर सुन्दा मलाई सन्तोष पनि लाग्यो र दुःख पनि । सन्तोष, किनभने यस्ता आतङ्ककारी अड्डाहरू नष्ट हुँदैछन्। दुःख, किनभने यो न्याय आउन यति ढिला भयो।”

एक्समा नै अमेरिकी विश्लेषक एमी मेकले लेखिन्, “आज भारतले डेनियल पर्लको निर्मम हत्याको न्याय दिएको छ।” उनका अनुसार अब्दुल रौफ अजÞहरलाई नष्ट गर्नु भनेको दशकौँ लामो आतङ्क निर्यातक सञ्जालको मुटुमै प्रहार गर्नु हो।

उनीहरुले अपरेशन सिन्दुरलाई भारतको प्रतिआतंकको रणनीतिमा एक नयाँ अध्यायको सुरुआत भनेका छन्। केवल सीमा रक्षामा मात्र नभई न्यायको पक्षमा पनि यो अन्तर्राष्ट्रिय स्तरमै सराहनीय लायक छ । दशकौंदेखि पीडित परिवार र सत्यता खोज्ने पत्रकारहरूका लागि यो कारबाही एउटा ढिला भए पनि न्यायको प्रतीक बनिदिएको छ।

Skip This
Skip This
Logo