काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले सवारी साधनको पार्टपूर्जा आयात र उत्पादनमा भन्सार शुल्कमा ५० प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबाट नाडाले १० बुद्धे अर्थ मन्त्रालयलाई सुझाव दिँदै यस्तो माग राखेको हो ।
यस्तै, पुराना सवारी साधनहरूका पत्र गरी नयाँ सवारी साधन लिँदा भन्सार महसुलमा छुट तथा सुविधाको व्यवस्था हुनुपर्ने पनि उक्त सुझाव पत्रमा उल्लेख छ । सबै किसिमका एसेम्बलिङ उद्योगले आयात गर्ने अनएसेम्बल विद्युतीय सवारी साधनहरु (मोटर साइकल, स्कुटर , रिक्सा , कार , जिप, भ्यान) को पार्टपुर्जा पैठारी गर्दा भन्सार महसुलमा ७५ प्रतिशत छुटको व्यवस्था गरिनु पर्ने नाडाले जानकारी दिएको छ ।
साथै, नाडाले बजेटमा दिएको सुझावमा आर्थिक अध्यादेशमा पैठारी सम्बन्धी विशेष व्यवस्थामा भएका सर्तलाई कायम गर्दै त्यसको थप स्पष्टताको लागि निम्न वाक्यांशहरू समेत थप गरिनु पर्ने विषय पनि समावेश गरेको छ ।
यस्ता छन् अन्य सुझाव































प्रतिक्रिया