ग्यास चुहिएर भएकाे थियाे मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर भएकाे थियाे मखनटोलमा आगलागी, एक जनाको मृत्यु

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

उनले भने, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेला परेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।”

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।

Logo