स्थानीय तहको बेरुजु २४ अर्ब

स्थानीय तहको बेरुजु २४ अर्ब

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । मुलुकका ७५३ वटा स्थानीय तहको बेरुजु २४ अर्ब ७१ करोड ६२ लाख पुगेको छ ।

महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार ७५३ स्थानीय तहको २७ अर्ब ७० करोड ९२ लाख बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि २ अर्ब ९९ करोड ३० लाख फर्छ्याैट गरेकोले २४ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ फर्छ्याैट गर्न बाँकी रहेकाे पाइएकाे हाे ।

सोमध्ये असुल गर्नुपर्ने ३ अर्ब ४२ करोड ९१ लाख, नियमित गर्नुपर्ने १८ अर्ब ९५ करोड ५२ लाख र म्याद नाघेको पेस्की २ अर्ब ३३ करोड १९ लाख बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

Logo