एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई सात वर्षको जेल सजाय सुनाईएको छ । बंगलादेश नेशनल पार्टी (बिएनपी) की अध्यक्ष समेत रहेकी जियालाई भ्रष्टाचार गरेको आरोपमा सात वर्षको जेल सजाय सुनाईएको हो । "/>

भ्रष्टाचार आरोमा पूर्व प्रधानमन्त्रीलाई ७ वर्षको जेल सजाय

भ्रष्टाचार आरोमा पूर्व प्रधानमन्त्रीलाई ७ वर्षको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई सात वर्षको जेल सजाय सुनाईएको छ । बंगलादेश नेशनल पार्टी (बिएनपी) की अध्यक्ष समेत रहेकी जियालाई भ्रष्टाचार गरेको आरोपमा सात वर्षको जेल सजाय सुनाईएको हो । जियाको ट्रस्टमा भएको भ्रष्टाचारको मुद्दामा उनीसहित अन्य तीन जनालाई सात वर्षको कैद सजय सुनाइएको हो।

खालिदा सन् २९९१ देखि १९९६ र सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री भएकी थिइन्। बंगलादेशमा यही अक्टोबर ३१ मा आम निर्वाचन हुँदैछ। निर्वाचनको मुखमा १८ दलीय गठबन्धनकी नेतासमेत रहेकी जियालाई यस्तो फैसला सुनाईएको हो ।

खालिदा र अन्य दोषीहरुलाई १० लाख टाका जरिवानासमेत सुनाइएको छ । यो जरिवाना तिर्न नसके उनीहरु थप ६ महिना जेल बस्नुपर्नेछ। यो सजाय त्यहाँको कानुनमा भएको उच्च सजाय हो।

निटि ट्रस्ट बनाएर सर्वसाधारणबाट पैसा संकलन गरी निजी स्वार्थका लागि प्रयोग गरिएको आरोप उनीहरुमाथि छ । अदालतमा डिफेन्सका लागि कुनै पनि कानुन व्यवसायीहरु उपस्थित थिएनन्।

उनीसँगै उनी प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका अबुल हरिस चौधरी, उनका नीजि सहायक सचिव जियाउल स्लाम मुन्ना तथा ढाकाका पूर्व मेयर सदिक हुसेन खोका नीजि सहायक सचिव मोनिरुल स्लाम खानलाई सजाय सुनाईएको हो । खालिदालाई गत फेब्रुअरीमा विशेष अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

 

Skip This
Skip This
Logo