हङकङले अंक बाँडेपछि नेपाल विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

हङकङले अंक बाँडेपछि नेपाल विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर९३ मा प्रवेश गरेको छ । आज थाइल्यान्डमा जारी एसिया छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेट रनरेटका आधारमा नेपालले सुपर -३ मा स्थान पक्का गरेको हो ।

नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक थियो । यता हङकङले पनि समान पाँच अंक नै जोड्यो तर नेट रनरेटका आधारमा नेपालले बाजी मारेको हो । आज वर्षाका कारण खेल टस नै नभई रद्ध भएको थियो । नेपाल बढी जितका कारण अघि बढेकाे हाे ।

छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।

Logo