विर्तामोड । मेचीपावर मोबाइल ट्रेडले विर्तामोडमा पहिलोपटक ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना हुने भएकाे छ।
जेठ ४ गतेदेखि ९ गतेसम्म विर्तामोडको वान स्टप मल अगाडि आयोजना हुने यो मेलामा ग्राहकहरूले अब नागरिकताकै आधारमा बजाजको नयाँ बाइक सजिलै फाइनान्स गर्न सक्नेछन्।
यसअघि मोटरसाइकल खरिद गर्दा आवश्यक पर्ने झन्झटिलो कागजात, जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको प्रमाणपत्र जस्ता प्रावधानलाई यो योजनाले हटाएको छ। किस्ताबन्दीमा बाइक किन्न चाहने ग्राहकले अब १ घण्टाभित्रै लोन पास गराई सरल फाइनान्स सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरूको उपस्थिति रहने छ। यी अनुभवी भ्यालुएटरहरूले ग्राहकको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन प्रदान गर्नेछन्।
यस योजना अन्तर्गत ग्राहकहरूले शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, पुरानो बाइकमा थप १० हजार रुपैयाँसम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुट जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन्।


















