काठमाडौँ
बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एयरपोर्ट सिटी बाहेक १ हजार ३ सय हेक्टर जमिनको मात्रै रुख कटानी गर्नेगरी नयाँ प्रस्ताव आह्वान गरिने भएको छ ।
यसअघि पर्यटन मन्त्रालयले १ हजार ६ सय ४१ हेक्टर जमिनको रुख कटान गर्ने प्रस्ताव वन मन्त्रालयमा पत्र पठाए पनि अहिले भने त्यस भन्दा कम क्षेत्रको मात्रै रुख काट्ने प्रस्ताव गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विगतमा कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्ल्लू) ले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन अनुसार पुरानो प्रस्ताव संशोधन गर्न लागेको हो ।
कोरियाली कम्पनी एलएमडब्लूले तयार पारेको प्रतिवेदन अनुसार दोस्रो चरणको विस्तार र एयरपोर्ट सिटीका लागि १ हजार ९ सय हेक्टर जमिन आवश्यक रहने उल्लेख छ । जसमा १ हजार ३ सय हेक्टर जमिन विमानस्थलका संरचना र ६ सय हेक्टर भने एयरपोर्ट सिटीका लागि भन्दै प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एसियाकै हव विमानस्थलको रुपमा हेरिएको निजगढमा निर्माण गरिने विमानस्थलको वतावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन गत असारमा स्विकृत भएसंगै निर्माणका लागि बाटो खुलेको थियो । विमानस्थल निर्माण पश्चात पनि हाल रहेको जंगलको ८० प्रतिशत जंगल बाँकी रहने छ भने विमानस्थल जंगलको बीच भागमा रहने छ ।
कारोबारबाट





























प्रतिक्रिया