काठमाडौं । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुनः सुरू हुँदैछ ।
परिमार्जित तालिकाअनुसार आजको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र कोलकाता नाइट राइडर्स भिड्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुनेछ ।
बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो र कोलकाता १२ खेलमा ११ अङ्कसहित छैटौं स्थानमा छ । आजको खेल कोलकाताका लागि जित्नैपर्ने दबाब छ ।
गएको अप्रिल २२ तारिखमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि दुई देशबीच विवाद बढेसँगै मे ८ तारिखमा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पूरा नहुँदै रोकिएको थियो ।































प्रतिक्रिया