काठमाडौं । नेपाली क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड सिरिजको लागि भएको अभ्यास खेलमा नेपाली टोलीले न्यू पोर्ट क्रिकेट क्लबलाई तीन विकेटले हराएको हो ।
कार्डिफमा २१३ रनको लक्ष्य नेपालले ३८औं ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । खेलमा गुलशन झा र आरिफ शेखले शतकीय साझेदारी गरे । गुलशनले सर्वाधिक ८० रन जोडे । यता आरिफ ७२ रनमा अविजित रहे ।
त्यस्तै दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
त्यसअघि न्यू पोर्टले दुई सय १२ रन बनाएको थियो । टोलीका लागि ओपनर विल त्रिप्कोलीले ११८ रनको योगदान दिए ।
बलिङमा नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे ।
लिग-२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।





























प्रतिक्रिया