अभिनेत्री नोरा फतेही काठमाडौंमा

अभिनेत्री नोरा फतेही काठमाडौंमा

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही काठमाडौं आइपुगेकी छन् ।

शनिबार बिहान दुबईबाट नेपाल आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजकले स्वागत गरेका थिए । आजै बौद्धस्थित हायातमा ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ च्यारिटी कार्यक्रममा उनले नृत्य प्रस्तुती दिनेछिन् ।

उनको नृत्य रहेका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत लोकप्रिय छन् । आज उनले हालैको बहुचर्चित गीत ‘स्नेक’मा प्रस्तुति दिन लागेको समेत बताइएको छ ।

Logo