नोरा फतेहीले काठमाडौंमा दिइन् प्रस्तुति

नोरा फतेहीले काठमाडौंमा दिइन् प्रस्तुति

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । बलिउड क्षेत्रकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार काठमाडौंमा प्रस्तुति दिएकी छन् । हायात होटलको मैदानमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिएकी हुन् ।

कार्यक्रमको बिचबिचमा फ्यानहरुसँग गफिँदै नोराले भनिन्, ‘म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो ।’

कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिए

Skip This
Skip This
Logo