गौतमबुद्ध विमानस्थलको भ्रष्टाचार अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण

गौतमबुद्ध विमानस्थलको भ्रष्टाचार अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमितिको संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मञ्जु खाँण चयन भएकी छन् ।

नेकपा (एमाले)का सांसद तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयोजक पदमा नबस्ने घोषणा गरेपछि खाँणलाई चयन गरिएको हो । सोही बैठकले भैरहवा विमानस्थलको अध्ययन भ्रमण गर्ने निर्णयसमेत गरेको छ । संयोजक चयनसम्बन्धी उक्त बैठकमा एमाले सांसद भट्टराई र रास्वपाका सांसद मनिष झा भने अनुपस्थित थिए ।

हाल विमानस्थलको लागि करिब ५०० विघा जमिन उपलब्ध गराइएको छ, जसमा करिब ४५३ विघा अधिग्रहण गरिएको र बाँकी सार्वजनिक जमिन रहेको उल्लेख छ । र अर्बौं घोटला भएको बताइएको छ ।

Logo