विराटनगर । नेपालका लागि होण्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले पूर्वी नेपालका आफ्ना ग्राहकहरुलाई लक्षित गरी तीनदिने निःशुल्क सर्भिस क्याम्प र नयाँ होण्डा ईलिभेट गाडीको टेस्ट ड्राइभ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
विराटनगरस्थित होण्डाको आधिकारिक सर्भिस सेन्टर सुबोध अटो सर्भिस सेन्टरमा आयोजित शिविरमा विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोड लगायतका विभिन्न शहरबाट ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो।
उक्त शिविरमा कम्पनीले ग्राहकहरुलाई लेबर चार्जमा २० प्रतिशत, स्पेयर पार्टसमा ७.५ प्रतिशत, र लुब्रिकेन्टमा ५.५ प्रतिशत छुट प्रदान गरेको थियो। यसका साथै, कम्पनीले २००१ देखि २०१४ मोडलसम्मका तोकिएका होण्डा गाडीहरुमा होण्डा सेफ्टी रिकॉल अन्तर्गत निःशुल्क एयर ब्याग परिवर्तनको सुविधा पनि उपलब्ध गराएको थियो।
कार्यक्रममा नयाँ होण्डा ईलिभेट गाडीको टेष्ट ड्राइभको व्यवस्था पनि गरिएको थियो, जहाँ ग्राहकहरुले गाडीको विशेषता र प्रदर्शन अनुभव गर्ने अवसर पाएका थिए। टेष्ट ड्राइभमा सहभागी ग्राहकहरुले ईलिभेटको डिजाइन, सुरक्षा र आरामदायी ड्राइभिङ अनुभवको प्रशंसा गरेका थिए।
कार्यक्रमको समापन गर्दै स्याकार ट्रेडिङ कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरुलाई यस्तै गुणस्तरीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।































प्रतिक्रिया