काठमाडौं । पशुपति क्षेत्र विकास कोषको पाले सुत्ने घरमा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जयवागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीउ अनुज संगत र ५६ वर्षका बुद्धि तामाङ तथा धादिङको गजुरी गाउँपालिका- ८ घर भएका ४३ वर्षीय देवीबहादुर अधिकारी र बागलुङको वेशीखोला गाउँपालिका १ घर भएका ५४ वर्षका रेशम सिजालीलाई १ लाख ७ हजार ९१५ रूपैयाँसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नगद रकम र ४ बुक तास पनि बरामद गरिएको छ ।





























प्रतिक्रिया