विश्वकप छनोट सुपर‍-३ चरणः यूएईविरुद्ध नेपालले टस जित्यो

विश्वकप छनोट सुपर‍-३ चरणः यूएईविरुद्ध नेपालले टस जित्यो

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । थाइल्यान्डमा जारी आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।

टेर्डथाई क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना बढ्नेछ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ । प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् ।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।

Skip This
Skip This
Logo